कीवर्डहरू -

दूरसंचार

एनसेल नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ओक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ ।

एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको हो  ।

नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको यो अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो ।

यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो । ओक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९ सय २९ स्पीडटेस्टलाई तुलना गरेको थियो ।

ओक्लाका अनुसार, परिक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परिक्षणहरू समावेश रहेका छन् ।

\"\"

अवार्डका बारेमा आफ्नो धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले नेपाललाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा आम उपभोक्तालाई जोड्ने गर्ने निरन्तरको प्रयासलाई विश्वको अग्रणी स्पीड टेस्टिङ कम्पनी ओक्लाले नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क’ को मान्यता प्रदान गरेकोमा निकै हर्षित भएको बताए ।

‘यो अवार्ड हामीले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेका छौं भन्ने प्रमाण हो,’ उनले भने, ‘यस अवसरमा हाम्रा सबै सरोकारवालाहरुलाई उनीहरुले विश्वास र ग्राहकहरुलाई सबैभन्दा उच्च गतिको मोबाइल डेटा सेवा प्रदान गर्नका लागि पुर्याएको सहयोग प्रति आभार व्यक्त गर्न चाहन्छु ।’

हरेक वर्ष एनसेलले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पूर्वाधारमा निरन्तर लगानी गर्दै आएको छ ।

देशको ८५ प्रतिशत जनसंख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै, एनसेलले जुन २०१७ बाट संचालन ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको छ ।

ओक्लाका प्रमुख कार्यकारी अधिकृत डग सटल्सले एनसेललाई नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क अवार्ड’ प्रदान गर्न पाउँदा खुसी व्यक्त गरे ।

‘ओक्लाद्वारा प्रदान गरिने स्पीडटेस्ट अवार्डहरु विश्वका सबैभन्दा फास्ट र शीर्ष प्रदर्शन गर्ने फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल सेवा प्रदायकहरुलाई प्रदान गरिने विशिष्ट सम्मानहरु हुन् । यो अवार्ड एनसेलले जनवरी-जुन २०२२ को अवधिमा गरेको उत्कृष्ट प्रस्तुतिको प्रमाण हो । यो अवार्ड उपभोक्ताहरु आफैले गरेका स्पीडटेस्ट र ऊक्लाको कठोर विश्लेषणमा आधारित छ,’ उनले भने ।

यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो ।

त्यसैगरी अप्रिल महिनामा काठमाडौंमा आयोजित १४ औं एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन्स् इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’ बाट सम्मानित भएको थियो ।  नेपालका लागि ओक्लाको स्पीडटेस्ट अवार्ड रिपोर्ट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

दूरसंचार

कुन इन्टरनेट सेवा प्रदायकका ग्राहक कति ? यस्ता छन् धेरै ग्राहक हुने १० सेवा प्रदायक 

नेपाल दूरसञ्चार प्राधिकरणले हालै वैशाख महिनाको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ…

नेपालमा कहिलेदेखि सुरू हुन्छ फाइभजी परीक्षण ?

नेपालमा फाइभजी परीक्षण हुन अझै केही समय लाग्ने भएको छ । गत कात्तिकमा नेपाल दूरसञ्…

दूरसञ्चार प्राधिकरणले देशभरका १६ हजार १७७ ठाउँमा पुर्‍यायो ब्रोडब्याण्ड इन्टरनेट

नेपाल दूरसञ्चार प्राधिकरणले देशभर ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्‍याएको छ । ग्रामीण द…

गत ५ वर्षमा एनसेलले सरकारलाई तिर्‍यो १ खर्ब ४४ अर्ब राजस्व, कुन वर्षमा कति ? 

एनसेलले एक वर्षमा नेपाल सरकारलाई २१ अर्ब ७५ करोड रूपैयाँ राजस्व तिरेको छ । एनसेल…

घट्यो टेलिकमको प्रति प्रयोगकर्ता औसत आम्दानी, माग अनुसार सेवा विस्तार गर्न महालेखाको सुझाव

नेपाल टेलिकमको प्रति प्रयोगकर्ता औसत आम्दानीमा गिरावट आएको छ । महालेखा परीक्षकको ५…

दूरसञ्चार प्राधिकरणको बजेटबाट सञ्चारमन्त्रीलाई एक थान जीप, कानुनसम्मत नभएको महालेखाको ठहर

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृत बजेटबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रीको सवारी…

नेपालमा स्याटेलाइट इन्टरनेटको सफल परीक्षण

क्यासिफिक ब्रोडब्याण्ड स्याटलाइटस् समूहले आफ्नो क्यासिफिक १ स्याटलाइट मार्फत नेपालमा का…

यी १३ ठाउँमा जुनसुकै बेला पनि बन्द हुन सक्छ इन्टरनेट

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले १३ ठाउँमा जुनसुकै बेला पनि इन्टरनेट …

कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने आईस्पानको चेतावनी, १२ को परीक्षा पनि प्रभावित हुन सक्ने

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनुसुकै बेला पनि इन्टरनेट अवरूद्ध हु…

८० लाख ४५ हजार ८४८ पुगे इन्टरनेट सेवा प्रदायकका ग्राहक

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ८० लाख ४५ हजार ८४८ पुगेका छन् ।

देशभर उच्च गतीको इन्टरनेट दिन पूर्वाधार विस्तार र पहुँच वृद्धिका कार्यक्रमलाई तीव्रता दिइने

सरकारले देशभर उच्च गतीको इन्टरनेट उपलब्ध गराउन पूर्वाधार विस्तार र पहुँच वृद्धिका क…

टेलिकमका फोरजी प्रयोगकर्ता १ करोड बढी

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । २०७८ चैत म…

सूचना महामार्गः चैतसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइयो 

हालसम्म १ हजार ५५७ किलोमिटर अप्टिकल फाइबर बिच्छ्याइएको छ । मध्यपहाडी लोकमार्ग र जिल्…

देशभर ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने काम अन्तिम चरणमा, अब ३४ वडा कार्यालय मात्रै बाँकी

देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । नेप…