कीवर्डहरू -

दूरसंचार

६७६ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, ९६ प्रतिशत जडान सम्पन्न

मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ६७६ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ ।

प्राधिकरणका अनुसार गत कात्तिक मसान्तसम्म ६७६ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार ५ हजार ६५३ वडा कार्यालय, ५ हजार ३ माध्यामिक विद्यालय र ४ हजार १७ स्वास्थ्य संस्थामा इन्टनरेट जडान भएको छ ।

प्राधिकरणले देशका ७०२ स्थानिय तहमा इन्टरनेट सेवा पुर्‍याउन १८ प्याकेजमा विभिन्न इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको थियो । जस अनुसार अब २६ वटा स्थानीय तहमा मात्रै इन्टरनेट पुर्‍याउन बाँकी रहेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजहरु मार्फत् ६५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ ।

यस्तै १ ओटा प्याकेज मार्फत् ५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

साथै ४ प्याकेज मार्फत् ४ जिल्लामा तोकिए बमोजिमका स्थानहरुमा ३० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको छ । ब्रोडब्याण्ड इन्टरनेट जडानको काम ९६.०४ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ ।


दूरसंचार

पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी

सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ …

नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको अनुमति, परीक्षण अवधिभर ग्राहकलाई निःशुल्क

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई अनुमति दिएको छ…

२७० जना नयाँ कर्मचारी भर्ना गर्दै नेपाल टेलिकम, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

नेपाल टेलिकमले विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । शुक्रबार एक स…

डिशहोमको रिचार्ज गर्दा फाइबरनेट सित्तैमा

डिशहोमले आफ्ना ग्राहकहरुलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । कम्पनीले…

३ महिनामा टेलिकमको आम्दानी करिब ११ अर्ब, खुद नाफा ४९ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासिकमा नेपालको टेलिकमको आम्दानीमा वृद्…

वर्ल्डलिङ्कको दशैँ अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

काठमाडौं । विजया दशमीको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्…

मोबाइल इन्टरनेट स्पीडमा खस्किँदै नेपाल, फिक्स्ड ब्रोडब्याण्डमा भने सुधार

नेपालमा मोबाइल इन्टरनेट स्पीड खस्किँदैं गएको एक अध्ययनले देखाएको छ । स्पीड टेस्ट ग्ल…

१५ सय रूपैयाँमा स्मार्ट टेलिकमको ९० जीबी डेटा

स्मार्ट टेलिकमले १५ सय रूपैयाँमा ९० जीबी डेटा प्रदान गर्ने भएको छ । जीबी प्लान अन्त…

इन्टरनेटको शुल्क बढाउने सेवा प्रदायकको निर्णयप्रति क्यान महासंघको ध्यानाकर्षण

विगत केही दिन देखि सरकारी निकाय नेपाल विद्युत प्राधिकरणका कारण निजी क्षेत्रका इन्ट…

डिशहोमका प्रयोगकर्तालाई मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका …

इन्टरनेटको मूल्य ३०० रूपैयाँसम्म बढाउने आइस्पानको निर्णय

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ…

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा टेलिकमको फोरजी

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ  ।  आफ्न…

गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्ने भएको छ । बुधब…

२६ औं वार्षिकोत्सव मनाउँदै वर्ल्डलिंक, यसरी बन्यो देशकै ठूलो इन्टरनेट सेवा प्रदायक

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आज २६ औं…

मुस्ताङमा टेलिकमको ‘थ्रिजी’ सेवा, बागलुङका सबै गाउँमा फोरजी उपलब्ध गराउने तयारी

मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भ…