कीवर्डहरू -

दूरसंचार

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवामा तयार गर्‍यो ‘कम्युनिटी नेटवर्क’

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक नेटवर्क अन्तर्गत समुदायमा आधारित सूचना तथा सञ्चार प्रविधि अध्ययन केन्द्र सञ्चालनमा ल्याएको छ ।

नेपाल इन्टरनेट फाउण्डेशन र इन्टरनेट सोसाईटी मुख्यालयको सहयोगमा गाउँमा सूचनाको पहुँच दिने गरी उत्तरगया गाउँपालिकाको वडा नम्बर ५ लहरेपौवामा सामुदायिक नेटवर्क सञ्चालनमा ल्याइएको हो ।

मंगलबार उक्त कम्युनिटी नेटवर्कको उद्घाटन उत्तरगया गाउँपालिकी उपाध्यक्ष चमेली गुरुङले गरेकी हुन् । उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरूङ, प्रमुख प्रशाकीय अधिकृत नेत्रमणी न्यौपाने, वडा अध्यक्ष तथा अन्य कर्मचारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

उक्त कम्युनिटी नेटवर्कमा तीन ओटा डेस्कटप कम्प्यूटर र एउटा थ्री इन वान प्रिन्टर राखिएको छ । साथै एक एमबीपिएसको इन्टरनेट पनि राखिएको छ । जुन इन्टरनेट १ वर्षसम्म निःशुल्क उपलब्ध हुनेछ ।

१७ लाखको लागतमा उक्त कम्युनिटी नेटवर्क तयार पारिएको नेपाल इन्टरनेट फाउन्डेसनका अध्यक्ष विक्रम श्रेष्ठले बताए । कम्युनिटी नेटवर्कलाई पावरको अभाव नहोस् भन्ने उद्देश्यले ३३० वाटको सोलार सिस्टम पनि जडान गरिएको छ ।

उक्त कम्युनिटी नेटवर्कले विद्यार्थी लगायत लहरेपौवाका स्थानीयलाई सूचनाको पहुँच दिने श्रेष्ठले बताए । २०० घरधुरीका ६०० बढीले कम्युनिटी नेटवर्कबाट सेवा लिन सक्ने उनले जानकारी दिए ।

कम्युनिटी नेटवर्कले सबैलाई फादा पुग्ने उनले बताए । ‘त्यसले विद्यार्थीलाई त फाइदा हुन्छ नै । त्यसबाहेक गाउँबाट विदेशमा वा शहरमा गएकासँग सामाजिक सञ्जालबाट कुरा गर्न सकिने भयो,’ उनले आइसिटी समाचारसँग भने, ‘साथै इन्टरनेटबाट लिन सकिने फाइदा सबै लिन सकिने भएको भयो ।’

सो कम्युनिटी नेटवर्कको व्यवस्थापनका लागि उत्तरगया गाउँपालिका ५ का वडा अध्यक्ष इश्वर थापाको अध्यक्षतामा ७ सदस्यी व्यवस्थापन समिति गठन गरिएको छ । यो समितिले उक्त कम्युनिटी नेटवर्कको रेखदेख तथा सञ्चालन गर्नेछ ।

दूरसंचार

हेलो नेपालको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) प्रालिको लाइसेन्स…

पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी

सुरु भएको पाँच वर्षपछि पहिलो पटक फोरजी प्रयोगकर्ताको हिस्सा थ्रीजीभन्दा बढी भएको छ …

नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको अनुमति, परीक्षण अवधिभर ग्राहकलाई निःशुल्क

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी परीक्षणका लागि नेपाल टेलिकमलाई अनुमति दिएको छ…

२७० जना नयाँ कर्मचारी भर्ना गर्दै नेपाल टेलिकम, अनलाइनबाटै यसरी दिनुहोस् आवेदन

नेपाल टेलिकमले विभिन्न २० पदमा २७० जना नयाँ कर्मचारी माग गरेको छ । शुक्रबार एक स…

डिशहोमको रिचार्ज गर्दा फाइबरनेट सित्तैमा

डिशहोमले आफ्ना ग्राहकहरुलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । कम्पनीले…

३ महिनामा टेलिकमको आम्दानी करिब ११ अर्ब, खुद नाफा ४९ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो त्रैमासिकमा नेपालको टेलिकमको आम्दानीमा वृद्…

वर्ल्डलिङ्कको दशैँ अफर, पुरानै मूल्यमा दोब्बर स्पिडसँगै २० हजार बराबरको उपहार

काठमाडौं । विजया दशमीको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्…

मोबाइल इन्टरनेट स्पीडमा खस्किँदै नेपाल, फिक्स्ड ब्रोडब्याण्डमा भने सुधार

नेपालमा मोबाइल इन्टरनेट स्पीड खस्किँदैं गएको एक अध्ययनले देखाएको छ । स्पीड टेस्ट ग्ल…

१५ सय रूपैयाँमा स्मार्ट टेलिकमको ९० जीबी डेटा

स्मार्ट टेलिकमले १५ सय रूपैयाँमा ९० जीबी डेटा प्रदान गर्ने भएको छ । जीबी प्लान अन्त…

इन्टरनेटको शुल्क बढाउने सेवा प्रदायकको निर्णयप्रति क्यान महासंघको ध्यानाकर्षण

विगत केही दिन देखि सरकारी निकाय नेपाल विद्युत प्राधिकरणका कारण निजी क्षेत्रका इन्ट…

डिशहोमका प्रयोगकर्तालाई मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका …

इन्टरनेटको मूल्य ३०० रूपैयाँसम्म बढाउने आइस्पानको निर्णय

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको छ…

गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा टेलिकमको फोरजी

नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ  ।  आफ्न…

गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर विस्तार गर्ने भएको छ । बुधब…

२६ औं वार्षिकोत्सव मनाउँदै वर्ल्डलिंक, यसरी बन्यो देशकै ठूलो इन्टरनेट सेवा प्रदायक

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले आज २६ औं…