दूरसंचार
प्राधिकरणले सार्वजनिक स्थानमा पुर्याएको इन्टरनेट गुणस्तरहीन, हचुवाको भरमा सवा ४ अर्ब खर्च
नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न सार्वजनिक स्थाल तथा संस्थाहरुमा विस्तार गरेको इन्टरेनट चल्न नसक्ने र गुणनस्तरहीन रहेको पाइएको छ ।
ग्रामिण दूरसञ्चार विकास कोषको अर्बौै रुपैया खर्च गरेर मुलुकका सयौं सार्वजनिक स्थानमा निःशुल्करुपमा उपलब्ध गराउन भनेर जोडिएको इन्टरनेट सेवाग्राहीले चलाउन नसक्ने अवस्थामा रहेको सरकारी प्रतिवेदनले औंल्याएको छ ।
प्राधिकरणले ब्रोडव्याण्ड नेटवर्क परियोजना अन्तर्गत २ वर्षसम्म निःशुल्करुपमा ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउन विभिन्न इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको छ । सम्झौतअनुसार उनीहरुले गाउँपालिका, नगरपालिका, सामुदायिक विद्यालय स्वास्थ्य संस्थामा इन्टरनेट विस्तार गरिरहेका छन् ।
परियोजना सुरु गर्दा नै कम क्षमताको इन्टरनेट दिने सम्झौता गरेकाले आवश्यक गुणस्तर हुन सकेको छैन भने कतिपय ठाउँमा प्राधिकरणले अनुगमन नगरिकनै इन्टरनेट पुगेको प्रतिवेदन तयार पारेको छ ।
महालेखापरीक्षक ५८ औं वार्षिक प्रतिवेदनअनुसार उसले अहिलेसम्म पुर्याएका झन्डै १० हजार साइटहरुमा इन्टरनेट चल्ने अवस्थामा छैन र उसले खर्च गरेको रकम उपलब्धविहिन रहेको महालेखाको निष्कर्ष छ ।
महालेखाले परियोजना सुरु गर्नुभन्दा पहिला नै त्यसको लागत र लाभको मूल्यांकन नगरी अर्बौं रुपैया खर्च गरेर उपलब्ध केही नभएको उल्लेख गरेको छ ।
‘परियोजनाको निर्माण शुरु हुनुुअघि प्रविधिको छनौट एवं लागत र लाभको विश्लेषण नगरी ४ अर्ब ३९ करोड ६७ लाखको लागतमा सञ्चालित परियोजना उपलब्धिमूलक देखिएको छैन,’ महालेखापरीक्षणको प्रतिवेदनमा भनिएको छ।
प्राधिकरणले १८ वटा प्याकेजमार्फत १६ हजार ६०१ साइटमा इन्टरनेट पुुर्याउने काम गरिरहेको छ । त्यसमध्ये हालसम्म ९ हजार ८३३ अर्थात ५९.२३ प्रतिशत साइतमा इन्टरनेट जडान भएको छ । तर, प्राधिकरणले साउन महिनामा सार्वजनिक गरेको विवरणअनुसार भने कुुल १५ हजार ९ सय ८२ साइट रहेकोमा ९१.८७ प्रतिशतमा इन्टरनेट पुगिसकेको छ । वित्तीय प्रगति ५९.७१ प्रतिशत रहेको उल्लेख छ ।
ति संस्थाहरुमा प्राधिकरणले ५१२ केबीपीएस क्षमताको ब्रोडव्याण्ड इन्टरनेट सेवा पुुर्याएको छ । यस क्षमताको इन्टरनेट चल्न सक्ने अवस्थामा छैन भने कतिपय विद्यालय, स्वास्थ चौकीहरुमा तारमात्र झुन्ड्याएर इन्टरनेट पुुगेको भनिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वार्षिक प्रतिवेदनमा पनि उक्त क्षमताको इन्टरनेट प्रर्याप्त नभएकोले परियोजनाको दिगोपनमा समस्या देखिएको उल्लेख छ । तालुक मन्त्रालयको प्रतिवेदनलाई नै पन्छाउँदै प्राधिकरणले भने कम गुणस्तरको इन्टरनेट विस्तारमा जोड दिइरहेको छ ।
प्राधिकरणले सेवाग्राहीले न्यून रकम थप गरी क्षमता अभिवृद्धि गर्न सक्ने, सम्बन्धित क्षेत्रसम्म कनेक्टिभिटी पुर्याउने मात्र प्राधिकरणको दायित्व रहेको र सम्बन्धित निकायले नै यसको दीर्घकालीन उपभोगको लागि योजना तयार गर्नुपर्ने मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरेको छ ।
प्राधिकरणले २०७६ जेठमा जारी गरेको श्वेतपत्रमा हाल उपलब्ध गराएको इन्टरनेटको व्याण्डविथ क्षमता ५१२ केबीपीएस भएकोमा सोको सट्टा न्यूनतम क्षमता ५ एमबीपीएस गर्नुपर्ने उल्लेख छ ।
इन्टरनेट सेवाको माग, प्रयोग र प्रभावकारीता मूल्यांकन गरी इन्टरनेट सेवाको दियोगपनमा कायम हुनेगरी कार्यक्रम सञ्चालन गर्न प्राधिकरणलाई महालेखापरीक्षकले निर्देशनसमेत दिएको छ ।
महालेखाले सम्झौता भएको एक वर्षमा परियोजना सक्नुपर्ने भए पनि लामो समय लागेको उल्लेख गरेको छ । सम्झौता अवधि एक वर्ष रहेकोमा भौतिक तथा वित्तीय प्रगति न्यून रहेकोले परियोजना तोकिएको अवधिभित्र सम्पन्न हुने स्थिति नदेखिएको र समयमै परियोजन सम्पन्न गर्न प्राधिकरणले तदारुकता देखाउनु पर्ने महालेखाले औंल्याएको छ ।
प्राधिकरणले १८ वटा प्याकेजअन्र्तगत १६ हजार ६ सयभन्दा धेरै साइटमा निशुल्क इन्टरनेट पुुर्याउन भनेर ५ अर्ब २६ करोड ९८ लाख रुपैयाँको सम्झौता गरेको थियो । त्यसमध्ये २ अर्ब ३८ करोड ६५ लाख अर्थात ४५.२९ प्रतिशत खर्च भएको महालेखाले उल्लेख गरेको छ ।
सम्बन्धित समाचार
प्राधिकरणले दियो कानुन विपरित साढे १२ करोड बढी भुक्तानी, फिर्ता गर्न निर्देशन
दूरसंचार
१६०० रूपैयाँमा भायानेटको ८० एमबीपीएस इन्टरनेट, टिभी र एनसेलको ४८ जीबी डेटा
इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले एनसेलसँगको सहकार्यमा ‘भायानेट पर्पल प्याक’ अ…
नेपाल टेलिकम ट्रेड युनियनसँग तीन दिनदेखि वार्ता, मध्यमार्गबाट समाधान खोजिदै
झन्डै ४० दिनदेखि आन्दोलनमा उत्रेका नेपाल टेलिकम ट्रेड युनियन कर्मचारीको माग सम्बोधान गर्न भन्दै वार्ता सुरु भएका छन् ।…
हुम्लाको अदानचुली गाउँपालिकामा एक सातादेखि इन्टरनेट अवरुद्ध, बैंकिङ कारोवार ठप्प
हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरु…
७५ प्रतिशत सरकारी इमेल लग–इन नै भएनन्, प्रति इमेल १० हजार खर्च
सरकारी निकायमा कार्यरत कर्मचारीको लागि भनेर हजारौं इमेलको लाइसेन्स र सुरक्षामा वर्षेनी करोडौं खर्च भए पनि ति इमेलक…
टेलिकम ट्रेड युनियन कर्मचारीले आन्दोलनमै बिताए एक महिना, समाधानको टुङगो छैन
मुलुकको अग्रहणी सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकममा एक महिनाभन्दा लामो समयदेखि आन्दोलन जारी छ ।
…नयाँ प्रविधिले हुलाक संकटमा, तीन वर्षमा आधाले घट्यो प्रयोग
पछिल्लो समयमा विश्वव्यापीरुपमा भएको सूचना तथा सञ्चार प्रविधिको विकासले परम्परागत रुपमा चल्दै आएको सञ्चारको माध्यम हुल…
कुन कुन ठाउँमा पुग्यो डिशहोम फाइबर नेट ?
डिशहोमको फाइबर नेट सेवा काभ्रेपलाञ्चोकको बनेपामा विस्तार भएको छ । छिटो, सस्तो र भ…
लुटिएको दूरसञ्चार उपकरण फिर्ता पाउ भन्दै आइस्पानले दर्ता गर्यो उजुरी
इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत प्राध…
आइस्पानले भन्योः भरतपुरमा सुनियोजित रूपमा इन्टरनेटको तार काट्ने कार्य निन्दनीय छ
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले बागमति प्रदेशको नेपाल विद्युत प्राधिकरण…
टेकमाइन्ड्सले पायो ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने जिम्मा
ललितपुरका तीन गाउँपालिकामा ब्रोडब्यान्ड नेटवर्क निर्माण गरेर इन्टरनेट पहुँच पुर्याउन…
दुई महिनाभित्र मोबाइलको आईएमईआई दर्ता गर्नुपर्ने, दर्ता नभए सिमकार्ड प्रयोग गर्न नमिल्ने
आगामी दुई महिनाभित्र मोबाइल प्रयोगकर्ताले अनिवार्य रूपमा आफ्नो मोबाइलको आईएमईआई दर्…
दूरसञ्चार सामग्रीको खपत उच्च, एक वर्षमा भित्रिए ४७ अर्बका उपकरण
मुलुकमा दूरसञ्चार सामग्रीको खपतमा उच्च वृद्धि भएको छ । दूरसञ्चार सेवा र यसमा नयाँ प्रविधिको विस्तारसँगै नेपालमा पनि…
टेलिकमको नम्बर व्यस्त वा नेटवर्क नभएको समयमा कसको फोन आयो ? यसरी निःशुल्क थाहा पाउनुहोस्
तपाई मोबाइल नेटवर्क नभएको स्थानमा जाँदै हुनुहुन्छ ? ब्याट्री सकिएर वा अन्य कारणले म…
नेपाल टेलिकमको नाफा घट्यो, यस्ता छन् घटनुका कारण
नेपाल टेलिकमको नाफा घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को…
टेलिकमको एफटिटिएचः ४ महिनामा ५४ हजार नयाँ लाइन वितरण, यो आर्थिक वर्ष ६५ जिल्लामा विस्तार हुने
नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकि…