कीवर्डहरू -

दूरसंचार

इतिहासमै पहिलो पटक बोनस शेयर दिदै नेपाल टेलिकम

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले इतिहासमै पहिलो पटक आफ्ना शेयरधनीलाई बोनस शेयर दिने भएको छ ।

फागुन ३० गते बसेको टेलिकमको सञ्चालकको समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत लाभांश दिने भएको प्रस्ताव गरेको हो ।

उक्त बैठकले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांस गरी जम्मा ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि बोनस शेयर तथा नगद वितरणको प्रस्ताव अनुमोदनका लागि १४ औं वार्षिक साधारणसभामा सिफारिस गर्ने निर्णय समितिले गरेको छ ।

अहिले टेलिकमको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । अब २० प्रतिशत बोनस शेयर दिएपछि टेलिकमको पुँजी ३ अर्ब रुपैयाँले थपिएर १८ अर्ब रुपैयाँ पुग्ने छ ।


दूरसंचार

करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण

सरकारले करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । १६ वर्षभन्दा माथ…

फोरजी विस्तारमा आक्रामक टेलिकम, एक महिनामा टेलिकमले करिब ७ लाख ग्राहक थप्दा एनसेलका ३४७ मात्रै थपिए 

नेपालमा करिब १ करोड ४५ लाखले फोरजी प्रयोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधि…

टेलिकमले मनायो १८ औं वार्षिकोत्सव, भीओएलटीई सेवाको व्यवसायिक सुरूवात

नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम माघ २२ गते शनिबार मनाएको…

१८ औं वार्षिकोत्सव मनाउँदै नेपाल टेलिकम 

नेपाल टेलिकमले आज १८ औं वार्षिकोत्सव मनाइरहेको छ । नेपाल टेलिकममा सरकारको ९१.४९…

केही दिनदेखि इन्टरनेट सेवा किन प्रभावित भइरहेको छ ? यस्तो छ सेवा प्रदायकको भनाइ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सबमरिन केबलहरूमा समस्या देखिएपछि इन्ट…

क्लासिक टेकले नेपालमै पहिलो पटक ल्यायो १ हजार एमबीपीएसको इन्टरनेट, कति छ मूल्य ? 

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालमै पहिलो पटक १ जीबीपीएस अर्थात १००…

यी हुन् नेपालका टप सेभेन इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साल कार्तिक महिनाको एमआईएस  रिपोर्ट सार्वजनिक गरे…

फोरजी विस्तारमा आक्रामक नेपाल टेलिकम, एक महिनामै बढायो ८ लाख ५० हजार ग्राहक

नेपाल टेलिकमले एक महिनामै ८ लाख फोरजी प्रयोगकर्ता बढाएको छ । नेपाल दूरसञ्चार प्रा…

नेपालमा फोरजीका प्रयोगकर्ता करिब १ करोड ३८ लाख, एक महिनामै ९ लाखको वृद्धि 

नेपालमा करिब १ करोड ३८ लाखले फोरजी प्रयोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधि…

प्रदेशमा फिक्स्ड ब्रोडब्याण्डको गुणस्तर जाँच गर्दै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र

नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेशमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच, …

फाइभजीको विकासका लागि गुरू योजना बनाउँदै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको विकास र प्रवर्द्धनका लागि गुरू कार्य योजना अर्थ…

नेपाल टेलिकमले सबै स्थानीय तहका वडासम्म टेलिफोन र ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने

नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्या…

१ जीबीपीएस सम्म स्पीड भएको इन्टरनेट ल्याउँदै क्लासिटेक, के के हुने छन् सुविधा ? 

क्लासिक टेकले नयाँ पुस्ताको प्रविधि वाईपाई सिक्ससहित टालियन १ जीबीपीएस इन्टरनेट से…

टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया शुरू, मन्त्रालयले माग्यो दरखास्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक…

आधारभूत सामुदायिक विद्यालयमा २० एमबीपीएसको इन्टरनेट पुर्‍याउन ३३८ स्थानीय तहसँग सम्झौता

नेपाल दूरसञ्चार प्राधिकरणले आधारभूत विद्यालयमा २० एमबीपीएस इन्टरनेट पुर्‍याउन ३३८ …