कीवर्डहरू -

दूरसंचार

मुस्ताङमा टेलिकमको ‘थ्रिजी’ सेवा, बागलुङका सबै गाउँमा फोरजी उपलब्ध गराउने तयारी

मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ  ।

उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए ।

उनका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । ‘टुजी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्रिजी’ सेवा सुरु गरिएको उनले बताए ।

यसैगरी चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बिटिएस टावर जडान गरिएको छ । टुजी क्षमताको टावरले दामोदरकुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिए ।

‘मुस्ताङमा यसै पनि लोड कम छ, त्यहाँ विस्तार भएको थ्रीजी सेवाले मात्रै उपभोक्ताले उच्च गतिमा इन्टरनेट र भ्वाइस पाउँछन्’, उनले भने, ‘मुस्ताङका सबै गाउँ कभर हुने गरी नेटर्वक विस्तार भएकाले अब समस्या हुँदैन ।’

मुस्ताङमा टावर निर्माण नभएका ठाउँमा समान्य विद्युतको पोलमा बिटिएस प्रणाली जडान गरेर टेलिकमले सेवा विस्तार गरेको छ । सदरमुकाम जोमसोम बजारमा ‘फोरजी सेवा’ विस्तार भइसकेकाले गाउँमा पनि आवश्यकताका आधारमा स्तरोन्नति गरिने टेलिकमले जनाएको छ ।

धेयगाउँको टावरमा सौर्यऊर्जा जडान भएपछि विद्युत नभएको बेलामा समेत उपल्लो मुस्ताङमा सञ्चार सेवा अबरुद्ध नहुने प्रमुख शर्माले बताए ।

बागलुङका सबै गाउँमा फोरजी तयारी

टेलिकमले आउँदो दशैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ । मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो ।

बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा उक्त सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फोरजी सेवा पुग्ने गरी बिटिएस टावरको स्तरोन्नति थालेको हो ।

‘अहिले दमेक, अर्गल, राङ्खानी, पातिहाल्ने र जलजलाको टावर स्तरोन्नतिको काम भइरहेको छ’, प्रमुख शर्माले भने, ‘दशैँसम्ममा पाँचवटै टावरको काम सकिन्छ, त्यसपछि लगभग जिल्लाभरि नै फोरजी सेवा उपलब्ध हुन्छ ।’ रासस

दूरसंचार

सय प्रतिशतमा पुग्यो ब्रोडव्यान्ड इन्टरनेट, फिक्स लाइन सुस्त, मोबाइल तीव्र

मुलुकमा पहिलो पटक सत प्रतिशत जनसंख्यामा ब्रोडव्यान्ड इन्टरनेट पुगेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सा…

सीजी नेटले पहिलो ढेड महिनामा बनायो ५६७ ग्राहक

सस्तो मूल्यमा गुणस्तरीय इन्टरनेट दिने भनेर जेठमा सुरु भएको सीजी इन्टरनेटको पहिलो ढेड महिनाको ग्राहक संख्या सार्वजनिक…

एनसेलका सीईओ एन्डी चोङलाई ‘टेलिकम सीईओ अफ दि इयर’ को अवार्ड

नेपालको निजी क्षेत्रको टेलिकम कम्पनी एनसेल आजियाटा लिमिटेडका प्रबन्ध निर्देशक तथा प्…

टेलिकम बन्यो ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’, एनसेल सबैभन्दा सामाजिक उत्तरदायी कम्पनी

नेपाल टेलिकमले ‘बेस्ट टेलिकम्युनिकेशन ब्राण्ड’ अवार्ड पाएको छ । बेलायतको म्यागजिन ग्…

नेपाल टेलिकमको फोरजी विस्तार सुस्त गतिमा, पुरा हुन अझै केही समय लाग्ने 

नेपाल टेलिकमको फोरजी आयोजना निकै सुस्त गतिमा अगाडि बढिरहेको छ । फोरजी आयोजना सम्पन्न गर्ने भनेर तोकेको समय ढेड व…

सस्तो मूल्यमा महिनाभर चलाउन मिल्ने अनलिमिटेड डेटा प्याक ल्याउँदै टेलिकम

निकै मितव्ययी भएर मोबाइल इन्टरनेट चलाउनुपर्ने परिस्थिति परिवर्तन गर्ने गरी नेपाल टे…

३० भन्दा बढी ठाउँमा इन्टरनेट विस्तार गर्दै सीजी नेट

सीजी नेटले अबको २ महिनाभित्रमा काठमाडौं, ललितपुर र भुक्तपुरका अधिकांश ठाउँमा इन्…

फाइभजी परीक्षणमा अन्योल, दूरसञ्चार प्राधिकरणले लिनसकेन निर्णय

नेपाल दूरसञ्चार प्राधिकरणले यसै वर्ष फाइभजी परीक्षण सुरु गर्ने भनेर घोषणा गरे पनि यसको प्राविधिक विषयमा अन्योल देखि…

वर्ल्डलिंकले शुरू गर्‍यो ३०० एमबिपिएसको इन्टरनेट

नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स…

हामीले छिट्टै वाईफाई खोज्दै हिड्न नपर्ने बनाउँदै छौं – डिल्ली अधिकारी

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मोबाइल डेटा महंगो भयो भनेर गु…

इन्टरनेट विस्तारमा नेपाल टेलिकमलाई सफलता, ४७५ प्रतिशतले राजश्व वृद्धि

मुलुकमा इन्टरनेट विस्तरमा तीव्ररुपमा फैलिरहेको बेला नेपाल टेलिकमको एफटीटीएचले ठूलो सफलता हात पारेको छ । उसले एक…

टेलिकमले जडान गर्‍यो १ लाख ८० हजार एफटिटिएच

नेपाल टेलिकमले १ लाख ८० हजार एफटिटिएच जडान गरेको छ । टेलिकमले सार्वजनिक गरेको …

एनसेलको ‘डेटा सधैं अन’ नयाँ अभियान सुरु 

एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ …

सामाजिक सञ्जाल हुनका लागि चाहिने फिचर के के हुन ? 

आजभोलि सामाजिक सञ्जाल धेरै नै प्रयोग हुने शब्दावली पर्छ । यो वेबसाइट वा एप हो, जस…

भूकम्प प्रभावित जिल्लामा इन्टरनेट : २५७ स्थानीय तहसँग सम्झौता

भूकम्प प्रभावित आठ जिल्लामा दुई वर्षका लागि निःशुल्क इन्टरनेट पुर्याउने उद्देश्यअनुरुप…