कीवर्डहरू -

दूरसंचार

२०० एमबीपीएससम्मको इन्टरनेट दिदै डिशहोम

डिशहोमले अब २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । अबको दश दिनमा व्यक्तिगत ग्राहकहरुलाई २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने डिशहोम फाइबर नेटको योजना रहेको छ ।

डिशहोम फाइबर नेटले अब १५० देखि २०० एमबीपीएस सम्मको इन्टरनेट सेवा दिने तयारी गरेको डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।

‘हप्ता दश दिन भित्रमै हामी व्यक्तिगत ग्राहकहरुलाई २०० एमबीपीएस सम्मको इन्टरनेट दिने पक्षमा छौं,’ सापकोटाले आइसिटी समाचारसँग भने ।

हाल डिशहोम फाइबर नेटले ३०,४०, ६० र १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ ।

अहिले काठमाडौं उपत्यकाको ९० प्रतिशत ठाउँमा डिशहोम फाइबर नेट पुगिसकेको र २ महिना भित्र उपत्यकाका सबै ठाउँमा पुग्ने उनले आइसिटी समाचारलाई जानकारी दिए ।

साथै हेटौडा, इटहरी, इनरूवामा पनि डिशहोम फाइबर नेट उपलब्ध रहेको छ । सन् २०२१ भित्रमा देशका प्रमुख शहरहरुमा डिशहोम फाइबर नेट विस्तार हुने उनले बताए ।

डिशहोम प्रयोग गरिरहेका सबै ग्राहकहरुलाई डिशहोम फाइबर नेट उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । डिशहोम जस्तै गरेर भविष्यमा स्याटेलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको सापकोटाले बताउँछन् ।



दूरसंचार

चौधरी ग्रुपले शुरू गर्‍यो सिजी इन्टरनेट, यस्ता छन् प्याकेज

चौधरी ग्रुपले इन्टरनेट व्यवसायमा पनि हात हाल्दै सिजी नेट सुरु गरेको छ । मंगलबारदे…

१० प्रतिशतले घट्यो इन्टरनेटमा लाग्दै आएको टीडीएस शुल्क, मूल्य घटाउन सहयोग होला ?

सरकारले इन्टरनेटमा लाग्दै आएको टिडिएस शुल्कमा १० प्रतिशतले घटाएको छ ।

नेपाल टेलिकमले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको निशुल्क भ्वाइस कल सेवा निकै लोकप्रिय …

नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा जाने

सरकारले नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने भएको छ …

कोरोनाको दोस्रो लहरसँगै नेपाल टेलिकमको डेटा खपत ३० प्रतिशतले वृद्धि

कोरोना संक्रमणले सबैजना घरभित्र बसिरहँदा इन्टरनेट उपभोगमा वृद्धि भइरहेको छ । व्यक्तिगत खपतदेखि कार्यालय र अनलाइन कक्…

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ५३ लाख ४७ हजार ५८३

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ५३ लाख ४७ हजार ५८३ पुगेका छन् ।

सबै जिल्लाका ६५५ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी सेवा

७७ जिल्लाका ६५५ स्थानीय तहसम्म नेपाल टेलिकमको फोरजी सेवा पुगेको छ ।

थप १० जिल्लाका स्थानीय तहमा निःशुल्क इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले थप १० जिल्लाका स्थानीय तहमा निःशुल्क इन्टरनेट सेवा जडान…

मध्यपहाडी लोकमार्गमा १ हजार ६० किलोमिटर अप्टिकल फाइबर विच्छ्याइयो

चालु आर्थिक वर्षको फागुसम्म मध्यपहाडी लोकमार्ग र आसपासका जिल्लामा उच्च गतिको इन्टरनेट…

सन् २०२५ सम्ममा देशभर फाइभजी विस्तार हुने, यस्तो छ प्राधिकरणको कार्ययोजना

नेपाल दूरसञ्चार प्राधिकरणले बहुप्रतिक्षित पाँचौ पुस्ताको मोबाइल ब्रोडव्यान्ड इन्टरनेट …

‘एक वर्षमा फाइभजी सुरु हुन्छ, एक वर्षसम्म निशुल्क चलाउन पाइन्छ’ 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एक  फाइभजी सुरु गर्ने बताएका छन्।

एनसेलको नयाँ वेबसाइट संचालनमा, अनलाइनबाटै विभिन्न सेवा लिन सकिने

एनसेल आजियाटा लिमिटेडले ग्राहकका लागि थप आकर्षक सेवा सुविधाका साथ आफ्नो नयाँ <…

पहिलो त्रैमासिकमा एनसेलको कुल आम्दानी साढे १० अर्ब, डेटाबाट साढे २ अर्ब

निजी क्षेत्रको अग्रह सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भ…

अब सबै स्थानीय तहमा २० एमबीपीएसको इन्टरनेट सेवा उपलब्ध हुने

अब सबै स्थानीय तहमा २० एमबीपीएसको इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नेपाल दूरसञ्…