कीवर्डहरू -

दूरसंचार

दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्बन्धि विनियमावली पारित, होला त इन्टरनेट सस्तो ? 

नेपाल दूरसञ्चार प्राधिकरणले ‘दूरसञ्चारका पूर्वाधारको सहप्रयोग र सोको शुल्क निर्धारण सम्बन्धि बिनियमावली २०७८’ स्वीकृत गरेको छ । गत असार २९ गते बसेको प्राधिकरणको बोर्ड बैठकले उक्त विनियमावली स्वीकृत गरेको हो ।

दूरसञ्चारका पूर्वाधारको सहप्रयोग र सोको शुल्क निर्धारण सम्बन्धि बिनियमावली प्रारम्भ भएसँगै दुरसञ्चार सेवा सस्तो हुने अपेक्षा गरिएको छ । योसँगै अब दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरुले पूर्वाधारमा दोहोरो लगानी गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

उक्त विनियमावलीमा सेवा प्रदायकले पहिला आउनेलाई पहिलो सेवाका आधारमा बिना भेदभाव आफ्नो दूरसञ्चार पूर्वाधार सहप्रयोगका लागि उपलब्ध गराउनु पर्ने व्यवस्था राखिएको हो ।

सहप्रयोगका लागि उपलब्ध भएको दूरसञ्चार पूर्वाधार  सहप्रयोगकर्ताले ३ महिनाभित्र प्रयोग गर्नुपर्नेछ । ३ महिनाभित्र प्रयोग गर्न नसकेमा उक्त दूरसञ्चार पूर्वाधार सहप्रयोग सम्बन्धि सम्झौता अन्त्य हुनेछ उक्त विनियमावलीमा उल्लेख गरिएको छ ।

दूरसञ्चार पूर्वाधार स्वामित्व भएको सेवा प्रदायकले अन्य सेवा प्रदायकबाट प्राप्त सहप्रयोग सम्बन्धि अनुरोधलाई निषेध गर्ने वा कुनै किसिमले ढिलाइ गर्ने गरी वार्ता, सम्झौता वा काम कारवाहीमा आलटाल गर्न नपाउने व्यवस्था गरिएको छ ।

दूरसञ्चार सेवा सञ्चालन अनुमतिप्राप्त व्यक्तिलाई आफ्नो अनुमतिपत्रसँग सम्बन्धित क्षेत्र/स्थलभित्र मात्र दूरसञ्चारका पूर्वाधार सहप्रयोग गर्ने अनुमति दिइनेछ ।

उक्त विनियमावली अनुसार कुनै दुई वा दुईभन्दा बढी दूरसञ्चार सेवा प्रदायकले आपसी सहमतिमा दूरसञ्चार पर्वाधारको सहप्रयोग गर्न सक्ने छन् ।

सहप्रयोग सम्बन्धि सम्झौताको जानकारी सम्झौता गर्ने सबै पक्षले सम्झौता भएको १५ दिन भित्रमा प्राधिकरणलाई दिनुपर्नेछ ।

यदी कुनै पनि सेवा प्रदायकले पूर्वाधार सेवा प्रदायकबाट आफुले सहप्रयोगका लागि लिएको दूरसञ्चार पूर्वाधार अन्य सेवा प्रदायकलाई पुनः सहप्रयोग गर्न दिन नपाइले विनियमावलीमा उल्लेख गरिएको छ ।

सम्झौताको अन्त्य गर्दा सम्झौताको कुनै एक पक्षले अर्को पक्षलाई ३ महिनाको पूर्व सूचना दिनुपर्नेछ । दूरसञ्चार पूर्वाधार सहप्रयोग शुल्क विनियमावलीमा उल्लेखित अधिकतम सीमा भित्र हुनुपर्नेछ ।

कुनै पनि सेवा प्रदायकले आफुले सहप्रयोगका लागि प्रदान गर्ने दूरसञ्चार पूर्वाधार सहप्रयोगको शुल्कको विवरण प्राधिकरणले मागेको खण्डमा उपलब्ध गराउनुपर्ने छ ।

प्रत्येक सेवा प्रदायकले दूरसञ्चार पूर्वाधारको सहप्रयोगका लागि उपलब्ध गराएको दूरसञ्चार पूर्वाधारहरुको विस्तृत जानकारी वेबसाइटमा प्रकाशन गर्नुपर्नेछ । पूर्वाधार सहप्रयोगका लागि तोकिएको ढाँचामा प्राधिकरणमा निवेदन दिनुपर्नेछ ।

यस्तो छ शुल्कको अधिकतम सीमा

\"\" \"\"


दूरसंचार

कस्तो होला सिक्सजी ? ओपोले सार्वजनिक गर्यो सिक्सजी ह्वाइट पेपर

ओपो रिचर्स ईन्स्टिच्यूटले आधिकारिक रुपमा आफ्नो पहिलो सिक्सजी ह्वाइट पेपर ‘सिक्सजी एआई…

उपत्यकामा मोबाइल सेवा गुणस्तर परीक्षण, एनसेलमा लाग्छ सबैभन्दा छिटो फोनकल

मुलुकमा संचालित तीनवटा दूरसञ्चार सेवा प्रदायकमध्ये सबैभन्दा छिटो फोनकल निजी क्षेत्र…

सीडीएमएबाट जीएसएममा जाने ग्राहकलाई टेलिकमको निःशुल्क सीम, भ्वाइस, एसएमएस र डेटा

नेपाल टेलिकमले सीडीएमए सेवाबाट जीएसएम फोरजी सेवामा रूपान्तरण हुने ग्राहकहरुलाई …

चिठ्ठा परेको छ भन्दै एनसेलको नाम लिएर भाइबर, ह्वाट्सएपबाट ठगी

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नाम लिदै भाइबर, ह्वाट्सएप जस्ता एपबाट कल गरी चि…

इन्टरनेट विस्तार तीव्र, राउटर आयात ८४० प्रतिशतले वृद्धि

कोरोना संक्रमणको पछिल्लो एक वर्षमा मुलुकमा इन्टरनेट जडान तीव्र भ…

अब समुन्द्रमा नेपालको आफ्नै व्यान्डविथ ल्यान्डिङ स्टेसन, इन्टरनेटको मूल्य आधाभन्दा धेरै सस्तो हुनसक्ने  

काठमाडौं । नेपालमा आयात हुने इन्टरनेसनल व्यान्डविथको मूल्य चर्को भइरहेको बेला त्यसलाई घटाउन नेपाल दूरसञ्चार प्राधिकर…

आन्दोलनमा उत्रिए टेलिकम कर्मचारी, थुनिए प्रबन्ध निर्देशक

नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा उत्रेका छन् । आफ्ना माग पुरा नगरेको भन्दै उनीहरुले मंगलबार धर्ना र टेलिकम प्रबन्ध द…

अब राष्ट्रिय परिचयपत्र बोकेर गए सीम पाइने, डिजिटल केवाईसी लागु गर्दै प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी (नो योर कस्टुमर) लागु गर्ने भएको छ । प्…

डिशहोम फाइबर नेटको सेवा अब धरानमा

डिशहोम फाइबरनेटको सेवा धरानमा उपलब्ध भएको छ । छिटो, सस्तो र भरपर्दो इन्टरनेट सेवा…

मोबाइल सेवा प्रदायकले मानेनन् प्राधिकरणको नियम, एकवर्ष हुन लाग्दा प्रयोगमा आएन नयाँ शर्ट कोड

नेपाल दूरसञ्चार प्राधिकरणले गत भदौमा ‘दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल …

सर्भर ह्याकको समाचार गलत, कुनै पनि डेटा चोरी भएको छैन् : नेपाल टेलिकम

नेपाल टेलिकमले सर्भरमा ह्याक गरी डेटा चोरिएको समाचारमा कुनै पनि सत्यता नरहेको बत…

ताँजकोटमा इन्टरनेट अवरुद्ध

मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको इन्टरनेट टावरमा आएको खराबीका कारण …

अन्तर्राष्ट्रिय कलमा स्मार्ट टेलिकमको ३० प्रतिशतसम्म छुट

स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्म छुट दिने भएको छ । प्रयोगकर्ताले वि…

६६२ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, अप्टिकल फाइबर विस्तारमा ढिलाइ

मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्याउने परियोजना अन्र्तगत नेपाल दूरसञ्चार प्राधिकरणले …

टेलिकमका ग्राहकलाई शेयर दिन गृहकार्य शुरू

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिकमको ल्यान्डलाइन, मोबाइल…