कीवर्डहरू -

दूरसंचार

१ करोड ६ लाख पुगे एनसेल नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ता

मुलुकमा मोबाइल फोनको आयात ह्वात्तै बढ्दै पछिल्लो १० महिनामा ३२ अर्ब बढी भित्रिएका छन् । मुलुकमा आयात भइरहेको मोबाइल र सेवा प्रदायकको नेटवर्कमा प्रयोग भइरहेको तथ्यांक हेर्दा स्मार्टफोनको आयात र प्रयोग धेरै बढेको छ ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा मात्रै स्मार्टफोन प्रयोग गर्ने उपभोक्ता १ करोडबाट माथि लागेका छन् । एनसेलको पछिल्लो तथ्यांक हेर्ने हो भने उसको नेटवर्कमा रहेका कुल ग्राहकमध्ये ६५ प्रतिशतले स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

एनसेलको  मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०२१ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार एनसेलको नेटवर्कमा १ करोड ६ लाख ग्राहकले स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

उक्त प्रतिवेदनअनुसार हाल एनसेलको कुल ग्राहक संख्या एक करोड ६३ लाख १६ हजार पुगेका छन् । यस हिसाबले हेर्दा कुल ग्राहकमा १ करोड ६ लाख ५ हजार ४ सय जनाले स्मार्टफोनको प्रयोग गरेको देखिन्छ ।

गत वर्ष सोही अवधिको तुलनामा एनसेल नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ता संख्या २ प्रतिशतले बढेर ६५ प्रतिशत पुगेको हो । सन् २०२० को पहिलो त्रैमासिकमा ६३ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्थे ।

पछिल्लो वर्षहरुमा बारफोनको प्रयोग घट्दै गएको छ भने स्मार्टफोनको बढ्दै छ । स्मार्टफोनमा धेरै सुविधा हुने, मोबाइल डाटाको प्रयोग बढ्दो र सस्तो स्मार्टफोन उपलब्ध हुनथालेपछि यसको प्रयोग बढ्दै गएको हो ।

मुलुकमा पछिल्लो पाँच वर्षको अवधिमा एनसेलका नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ता २३ प्रतिशतले वृद्धि भएका छन् । सन् २०१६ मा उसका कुल ग्राहकमध्ये ४२ प्रतिशतले स्मार्टफोन बोक्थे भने उक्त सन् २०१७ मा ५२ प्रतिशत, २०१८ मा ५९ प्रतिशत, सन् २०१९, २०२० मा ६५ प्रतिशत र यो वर्षको पहिलो त्रैमासिकमा  पनि ६५ प्रतिशत उपभोक्ताले स्मार्टफोन प्रयोग गरेका छन् ।

डाटा सेवाको शुल्कमा गिरावट, स्मार्टफोनको मुल्य घट्नुलगायतका कारणले डाटा सेवाको माग तथा प्रयोग बढिरहेको छ । साथै, पछिल्लो एक वर्षदेखि कोरोना संक्रमणले स्कुलका अनलाइन कक्षा, घरबाटै कार्यालयको काम सुरु भएपछि स्मार्टफोनको प्रयोग बढेको छ । यसको आयात र बिक्री पनि बढेको छ ।

प्रतिवेदनअनुसार एनसेलको नेटवर्कमा प्रतिग्राहक प्रतिमहिना इन्टरनेट खपत २७९८ एमबी पुगेको छ । गत वर्ष सोही अवधिमा १३१२ एमबी थियो । एनसेलका मुलकभर थ्रिजी बीटीएस टावर ३ हजार ३ सय ६ र फोरजी बीटीएस टावर ३ हजार ४ सय ६१ रहेका छन् ।

आजियाटाको लगानीमा सञ्चालित बंगलादेशको रोबी र श्रीलंकाको डायलगकै तुलनामा एनसेलमा स्मार्टफोन प्रगोगकर्ताहरु धेरै रहेका छन् । सन् २०२१ को पहिलो त्रैमासिकसम्ममा रोबी ५० र डायलग ५८ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्छन् ।

आजियाटाको लगानी रहेको सेलकम र एक्सएलका स्मार्टफोन प्रयोगकर्ता भने धेरै रहेका छन् । पछिल्लो तथ्यांकअनुसार मलेसियाको सेलकमका ग्राहकमध्ये ८९ प्रतिशत र इन्डोनेसियाको एक्सएलका ९० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्छन् ।

एनसेलले मुलुकभर थ्रिजी र फोरजी सेवा विस्तार गरेको छ । मोबाइल डेटाको उपलब्धताले पनि प्रयोगकर्ताले स्मार्टफोनमा रुपान्तरण भइरहेकाछन् ।

दूरसंचार

नेपाल टेलिकमले तयार गर्यो फाइभजी परीक्षणको मोडालिटी, फाइनल गर्दै प्राधिकरण

नेपाल टेलिकमले फाइभजी परीक्षणको लागि मोडालिटी तयार गरेर स्वीकृतिको लागि नियामक निकाय नेपाल दूसञ्चार प्राधिकरणसमक्…

टेलिकम र आईएसपीमा निजी क्षेत्र आएपछि त्यसले फड्को मारेको होः मंगेश लाल श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको आइसिटी डेभलपमेन्ट कमिटीका अध्यक्ष मंगेश लाल श्रेष्ठले …

२०० एमबीपीएससम्मको इन्टरनेट दिदै डिशहोम

डिशहोमले अब २०० एमबीपीएससम्मको इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । अबको दश दिनमा …

डिशहोमका ग्राहकलाई अब मासिक २३३ रूपैयाँमा २५ एमबीपीएसको इन्टरनेट

डिशहोमका ग्राहकहरूले अब २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट पाउने भएका …

कस्ता मोबाइल ‘अवैध’ हुन् ? यस्तो छ प्राधिकरणको दर्ता प्रक्रिया 

अवैधरुपमा नेपाल प्रवेश गरेका मोबाइल बन्द गर्ने भन्ने सरकारको कुरा नयाँ होइन । केह…

आइफोनमा पनि सुरु भयो नेपाल टेलिकमको भीओएलटीई सेवा 

नेपाल टेलिकमले नेपाल मै पहिलो पटक सुरु गरेको भ्वाइस ओभर एलटीई (भोल्टे) आइफोनमा पनि चल्ने भएको छ ।

चौधरी ग्रुपले शुरू गर्‍यो सिजी इन्टरनेट, यस्ता छन् प्याकेज

चौधरी ग्रुपले इन्टरनेट व्यवसायमा पनि हात हाल्दै सिजी नेट सुरु गरेको छ । मंगलबारदे…

१० प्रतिशतले घट्यो इन्टरनेटमा लाग्दै आएको टीडीएस शुल्क, मूल्य घटाउन सहयोग होला ?

सरकारले इन्टरनेटमा लाग्दै आएको टिडिएस शुल्कमा १० प्रतिशतले घटाएको छ ।

नेपाल टेलिकमले कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई उपलब्ध गराएको निशुल्क भ्वाइस कल सेवा निकै लोकप्रिय …

नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा जाने

सरकारले नेपाल टेलिकमको २२ प्रतिशत सेयर ग्राहकको स्वामित्वमा हस्तान्तरण गर्ने भएको छ …

कोरोनाको दोस्रो लहरसँगै नेपाल टेलिकमको डेटा खपत ३० प्रतिशतले वृद्धि

कोरोना संक्रमणले सबैजना घरभित्र बसिरहँदा इन्टरनेट उपभोगमा वृद्धि भइरहेको छ । व्यक्तिगत खपतदेखि कार्यालय र अनलाइन कक्…

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ५३ लाख ४७ हजार ५८३

गत फागुनसम्म इन्टरनेट सेवा प्रदायकका ग्राहक ५३ लाख ४७ हजार ५८३ पुगेका छन् ।

सबै जिल्लाका ६५५ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी सेवा

७७ जिल्लाका ६५५ स्थानीय तहसम्म नेपाल टेलिकमको फोरजी सेवा पुगेको छ ।

थप १० जिल्लाका स्थानीय तहमा निःशुल्क इन्टरनेट सेवा

नेपाल दूरसञ्चार प्राधिकरणले थप १० जिल्लाका स्थानीय तहमा निःशुल्क इन्टरनेट सेवा जडान…

मध्यपहाडी लोकमार्गमा १ हजार ६० किलोमिटर अप्टिकल फाइबर विच्छ्याइयो

चालु आर्थिक वर्षको फागुसम्म मध्यपहाडी लोकमार्ग र आसपासका जिल्लामा उच्च गतिको इन्टरनेट…