कीवर्डहरू -

दूरसंचार

लकडाउनमा पनि इन्टरनेट जडान र मर्मत यथावत, सेवा प्रदायक भन्छन्: यो झन उत्तम समय हो 

लकडाउनले गर्दा आवत जावत ठप्प छ । अत्यावश्यकबाहेक घर बाहिर निस्किन पाइदैन । यो समयमा अनलाइन कक्षा, वर्क फ्रम होम जस्ता कार्यहरु पनि भइरहेका छन् ।

यो बेला समय बिताउने र मनोरञ्जनको एक मात्र माध्यम इन्टरनेट भएको छ । सामाजिक सञ्जालदेखि टिभी चलाउन पनि इन्टरनेट आवश्यक हुन्छ ।

निषेधाज्ञाको यो बेलामा तपाई इन्टरनेट जोड्न, क्षमता वृद्धि गर्न वा बिग्रेको बनाउन चाहनुहुन्छ भने सामान्य अवस्थामा जस्तै सेवा उपलब्ध भइरहेको सेवा प्रदायकहरुले जनाएका छन ।

सरकारले पनि इन्टरनेटलाई अत्यावश्यक सेवाको रुपमा राखेको छ । यसैका कारण पनि इन्टरनेट सेवामा अवरोध नभएको सेवा प्रदायकहरको भनाइ छ ।

यो समय नयाँ इन्टरनेट जोड्ने, क्षमता विस्तार वा परिवर्तन गर्ने उपयुक्त समय भएको सेवा प्रदायकको भनाइ  छ ।

निषेधाज्ञाको समयमा अरू बेलाको जस्तै इन्टरनेटको काम भइरहेको वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए। अफिसको नम्बरमा फोन गरेर नयाँ इन्टरनेट जोड्न सकिने उनले बताए ।

‘वर्ल्डलिंकका शाखा कार्यालयमा सम्पर्क गरेर पनि इन्टरनेट जडान गर्न सकिन्छ,’ यादवले भने । यहाँ क्लिक गरेर वल्र्डलिंकलाई सम्पर्क गर्न सकिने छ ।

अर्को इन्टरनेट सेवा प्रदायक सुबिसु केबल नेटका अध्यक्ष सुधिर पराजुलीले पनि पहिलाकै प्रक्रियाअनुसार इन्टरनेट जडान गर्न सकिने बताए ।

‘सुरूमा हाम्रो अफिसको नम्बर फोन गर्नुपर्छ,’ उनले भने, ‘फोन गरेर नाम टिपाएपछि नयाँ इन्टरनेट जडान हुन्छ ।’ त्यस्तै सुबिसलाई पनि यहाँ क्लिक गरेर सम्पर्क गर्न सकिने छ ।

कोरोना महामारीको समयमा सीमित कर्मचारीको उपस्थितिमा सेवा प्रदायकले सेवा प्रदान गरिरहेका छन् । सीमीत जनशक्तिको उपस्थितिमा काम गर्नुपर्ने भएपछि नयाँ इन्टरनेट जडान हुने तर त्यसका केही समय लाग्ने नेपाल टेलिकमका प्रवक्ता राजेश जोशी बताउँछन् ।

‘नयाँ इन्टरनेट जडानका लागि पहिलेको पक्रिया अनुसार अफिसमा फोन गर्न सकिन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘चाहेको ठाउँमा हाम्रो नेटवर्क पुगिसकेको छ र हामी दिनलाई तयार छौं भने जडान चाहिँ हुन्छ । तर आजको भोलि नै नहुन सक्छ । अलि बढी समय लाग्न सक्छ ।’

नेपाल टेलिकमले हाल देशका ७३ जिल्लामा फाइबर टु दी होम (एफएफटिएच) सेवा प्रदान गर्दै आएको छ । नयाँ इन्टरनेट जडानका लागि यहाँ क्लिक गरी नेपाल टेलिकमलाई सम्पर्क गर्न सकिने छ ।

हाल मुलुकभर ४० वटा इन्टरनेट सेवा प्रदायकहरु छन् । गत वर्ष कोरोना भाइरस संक्रमण भएर लकडाउन भएपछि इन्टरनेटमा आधारित व्यवसायमा वृद्धि भएको छ ।

साथै, घरमा प्रयोग हुने इन्टरनेटको खपत पनि बढेको छ । खपत बढेसँगै इन्टरनेट जोड्ने ग्राहकमा वृद्धि भइरहेको छ । मुलुकमा कोरोना संक्रमणको दश महिनामा फाइबर नेट बिस्तार उत्साहजनक भएको छ ।

बैशाखदेखि माघसम्म दश महिनामा अग्रणी इन्टरनेट सेवा प्रदायकहरुले फाइबर नेट विस्तारमा ध्यान दिएका छन् ।

मुलुकका अग्रणी इन्टरनेट सेवा प्रदायकहरु वर्ल्डलिंक, नेपाल टेलिकम, भायानेट, सुबिसु, क्लिासिक टेकलगायतका सेवा प्रदायकको ग्राहक संख्यामा उल्लेख्य वृद्धि भएको छ ।


दूरसंचार

वर्ल्डलिंकले अब जुम पनि उपलब्ध गराउने, यस्ता छन् प्याकेज

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले भिडियो कन्फेरेन्सिङ प्…

के स्मार्ट टेलिकमको सेयर जापानी कम्पनी ओसीसीले किन्न लागेको हो ? यस्तो छ उसको प्रतिक्रिया 

नेपालको स्मार्ट टेलिकम कम्पनीको बहुमत सेयर जापानी कम्पनी ओसियन केवल एण्ड कम्युनिकेशन (ओसीसी कर्पोरेशन)ले किन्न लागेक…

प्राधिकरणको निर्देशन पालना भएन, अझै पनि सबै इन्टरनेट कम्पनीले राखेनन् टोल फ्री नम्बर 

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दश महिना अघि इन्टरनेट सेवा प्रदायकहरुलाई अनिवार्यरुपमा ‘टोल फ्री’ नम्बर रा…