कीवर्डहरू -

दूरसंचार

एनसेलको अल नेपाल भ्वाइस प्याक अफर, अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवा

एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्छन् । एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर संचालनमा ल्याएको छ ।

यो अफर अन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् । यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् ।

सोमबार (फागुन २३) देखि संचालनमा आएको अफर अन्तर्गत ग्राहकले कर सहित रु १४ देखि रु ३८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन् ।

यी भ्वाइस प्याकहरू मार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन् ।

ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम कर सहित रु १४ मा लिन सक्छन् भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम रु ४५ मा सुचारु गर्न सक्छन् ।

त्यसैगरी रु ९४ मा ७ दिन समयसिमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ ।

प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको भ्वाइस प्याक छनौट गरि सुचारु गर्न सक्छन् ।

अलि धेरै समयसिमा सहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसिमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।

यसका साथै ग्राहकका लागि २८ दिन समयसिमा रहेको दुई वटा अन्य प्याकहरु पनि छन् जस अन्तर्गत ग्राहकले रु २६५ मा ४७५ मिनेट टक टाइम र रु ३८५ मा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले यी मध्ये कुनैपनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्छन् ।

आफ्ना ग्राहककालागि भ्वाइस सेवा अझै सुलभ बनाउँदै सबै लोकल नेटवर्कमा कल शुल्क घटाउँदै आकर्षक भ्वाइस प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ ।

दूरसंचार

फोरजी विस्तारमा आक्रामक टेलिकम, एक महिनामा टेलिकमले करिब ७ लाख ग्राहक थप्दा एनसेलका ३४७ मात्रै थपिए 

नेपालमा करिब १ करोड ४५ लाखले फोरजी प्रयोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधि…

टेलिकमले मनायो १८ औं वार्षिकोत्सव, भीओएलटीई सेवाको व्यवसायिक सुरूवात

नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम माघ २२ गते शनिबार मनाएको…

१८ औं वार्षिकोत्सव मनाउँदै नेपाल टेलिकम 

नेपाल टेलिकमले आज १८ औं वार्षिकोत्सव मनाइरहेको छ । नेपाल टेलिकममा सरकारको ९१.४९…

केही दिनदेखि इन्टरनेट सेवा किन प्रभावित भइरहेको छ ? यस्तो छ सेवा प्रदायकको भनाइ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले सबमरिन केबलहरूमा समस्या देखिएपछि इन्ट…

क्लासिक टेकले नेपालमै पहिलो पटक ल्यायो १ हजार एमबीपीएसको इन्टरनेट, कति छ मूल्य ? 

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेपालमै पहिलो पटक १ जीबीपीएस अर्थात १००…

यी हुन् नेपालका टप सेभेन इन्टरनेट सेवा प्रदायक

नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साल कार्तिक महिनाको एमआईएस  रिपोर्ट सार्वजनिक गरे…

फोरजी विस्तारमा आक्रामक नेपाल टेलिकम, एक महिनामै बढायो ८ लाख ५० हजार ग्राहक

नेपाल टेलिकमले एक महिनामै ८ लाख फोरजी प्रयोगकर्ता बढाएको छ । नेपाल दूरसञ्चार प्रा…

नेपालमा फोरजीका प्रयोगकर्ता करिब १ करोड ३८ लाख, एक महिनामै ९ लाखको वृद्धि 

नेपालमा करिब १ करोड ३८ लाखले फोरजी प्रयोग गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधि…

प्रदेशमा फिक्स्ड ब्रोडब्याण्डको गुणस्तर जाँच गर्दै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र

नेपाल दूरसञ्चार प्राधिकरणले सातै प्रदेशमा फिक्स्ड ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच, …

फाइभजीको विकासका लागि गुरू योजना बनाउँदै प्राधिकरण, माग्यो परामर्शदाताको आशयपत्र

नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजीको विकास र प्रवर्द्धनका लागि गुरू कार्य योजना अर्थ…

नेपाल टेलिकमले सबै स्थानीय तहका वडासम्म टेलिफोन र ब्रोडब्याण्ड इन्टरनेट पुर्‍याउने

नेपाल टेलिकमले देशका सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालयहरु, स्वास्थ्य कार्या…

१ जीबीपीएस सम्म स्पीड भएको इन्टरनेट ल्याउँदै क्लासिटेक, के के हुने छन् सुविधा ? 

क्लासिक टेकले नयाँ पुस्ताको प्रविधि वाईपाई सिक्ससहित टालियन १ जीबीपीएस इन्टरनेट से…

टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया शुरू, मन्त्रालयले माग्यो दरखास्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक…

आधारभूत सामुदायिक विद्यालयमा २० एमबीपीएसको इन्टरनेट पुर्‍याउन ३३८ स्थानीय तहसँग सम्झौता

नेपाल दूरसञ्चार प्राधिकरणले आधारभूत विद्यालयमा २० एमबीपीएस इन्टरनेट पुर्‍याउन ३३८ …

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवामा तयार गर्‍यो ‘कम्युनिटी नेटवर्क’

नेपाल इन्टरनेट फाउण्डेशनले रसुवाको उत्तरगया गाउँपालिकामा सामुदायिक नेटवर्क अन्तर्गत…