कीवर्डहरू -

नेपालमा जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने आईस्पानको चेतावनी

नेपालमा जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने आईस्पानको चेतावनी

इन्टरनेटहरू सेवा प्रदायकहरूले नेपालमा इन्टरनेट सेवा जुनसुकै अवरूद्ध हुन सक्ने बताएका छन् । बिहीबार इन्टरनेटहरू सेवा प्रदायकहरूको छाता संगठन आईस्पानले पत्रकार सम्मेलन गर्दै इन्टरनेट सेवा जुनसुकै बेला बन्द हुन सक्ने चेतावनी दिएको हो । 

आईस्पानका अध्यक्ष सुधिर पराजुलीले ब्याण्डविथ आयातको शुल्क भुक्तानीका लागि सरकारले विदेशी मुद्रा सटही सिफारिस नगर्दा इन्टरनेट सेवा अवरुद्ध हुने अवस्था आएको जानकारी दिए । 

‘विदेशी मुद्रा सटही सिफारिस नहुँदा एक वर्षदेखि अपस्ट्रिम प्रोभाइडरलाई भुक्तानी गर्न सकिएको छैन्,’ उनले भने, ‘ब्याण्डविथको रकम भुक्तानी नगरे इन्टरनेट सेवा अवरुद्ध हुने भन्दै यसै साता भारती एयरटेलले पत्र पठाएको छ।’

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा प्रदायकहरूलाई मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरूजु रकम नतिर्दा शुल्क विदेशी मुद्राको सटही सुविधा दिएको छैन् । यता इन्टरनेट सेवा प्रदायकहरूले मर्मत तथा संभार शीर्षक गैरदूरसंचार सेवा रहेको र यसमा रोयल्टी नलाग्ने बताउँदै आएका छन् । 

नेपाल दूरसञ्चार प्राधिकरण (ग्रामीण दूरसंचार विकाष कोष) विनियमावली २०६८ को विनियम ५(१) बमोजिम अनुमतिपत्रप्राप्त व्यक्तिले प्रत्येक वर्ष आफूले सञ्चालन गरेको दूरसञ्चार सेवाबाट प्राप्त गरेको वार्षिक आयको दुई प्रतिशतका दरले हुने रकम ग्रामीण दूरसंचार विकास कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको र मर्मत तथा संभार गैरदूरसंचार सेवा रहेको स्थापित भइसकेको अवस्थामा यस शीर्षक भित्र RTDF नलाग्ने आईस्पानको भनाइ छ ।

ग्राहकबाट लिइएको शुल्कको RTDF तथा Royalty इनटरनेट सेवा प्रदायकहरुले नियम बमोजिम नेपाल सरकारलाई तिर्दै बुझाउदै आएका छन् ।