कीवर्डहरू -

गाइड

जेनजी माझ लोकप्रिय सामाजिक सञ्जाल डिस्कोर्ड के हो ?

डिस्कोर्ड अहिले नेपाली जेनजीहरू माझ लोकप्रिय छ । जेनजी अर्थात युवाहरूको विचार व्यक्त र सूचना आदान प्रदान गर्ने बलियो माध्यम बनेको छ, डिस्कोड । 

सुरूमा विशेष गरी गेम खेल्नेहरूका लागि बनाइएको भएपनि अहिले डिस्कोर्ड पढाइ गर्ने, होमवर्क सँगै गर्ने, क्लब मिटिङ राख्ने, कराओके गाउने, वा साथीहरूसँग सामान्य गफगाफ गर्ने प्लेटफर्मका रूपमा धेरै लोकप्रिय छ।

डिस्कोर्ड एउटा सामाजिक सञ्जाल हो, जसले प्रयोगकर्तालाई टेक्स्ट, भ्वाइस (कुराकानी), भिडियो च्याट, र स्क्रिन शेयर गर्न दिने गर्छ।

आजको दिनमा मासिक २० करोडभन्दा बढी मानिसहरू डिस्कोर्ड प्रयोग गर्छन्, जसमा धेरैजसो किशोर–किशोरी र युवा पर्छन् ।

सन् २०१५ मा स्टानिस्लाभ भिश्नेभ्स्की (Stanislav Vishnevskiy) र जेसन सिट्रोन (Jason Citron) ले डिस्कोर्ड सार्वजनिक गरेका थिए । 

डिस्कोर्ड अन्य सामाजिक सञ्जालभन्दा कसरी फरक छ ?

डिस्कोर्डमा सामान्य विज्ञापन हुँदैन। यसको सट्टामा ‘Quests’ भनिने सुविधा हुन्छ, जसमा प्रयोगकर्ताले कुनै खेल खेल्दा वा भिडियो हेर्दा इन-गेम उपहार (जस्तै– भर्चुअल पैसा) पाउँछन्।

साथै यसमा सब्सक्रिप्सन सुविधा पनि छ । डिस्कोर्डका सबै सुविधा मज्जाले उपयोग गर्न सब्सक्रिप्सन खरिद गर्नुपर्ने हुन्छ । सर्भर बुस्टिङका लागि पैसा तिर्नुपर्ने हुन्छ । डिस्कोर्डको सर्भर के हो ? भनेर हामीले एक्कैछिनमा भन्ने छौं ।

अरू सामाजिक सञ्जालजस्तै डिस्कोर्डले पनि प्रयोगकर्ताको डाटा संकलन गर्ने गर्छ, जुन उनीहरूको प्राइभेसी पोलिसीमा उल्लेख गरिएको हुन्छ।

डिस्कोर्डमा न्युज फिड हुँदैन। प्रयोगकर्ताले Server (समुदाय) वा Private Space मा मात्र कुराकानी गर्छन्। डिस्कोर्डलाई डेस्कटप कम्प्युटर, ब्राउजर वा मोबाइल एपमार्फत पहुँच गर्न सकिन्छ। प्रयोगकर्ताहरूले आफ्नै च्याटरुम सेटअप गर्न वा अरूमा सहभागी हुन सक्छन्, जसलाई डिस्कोर्डले ‘सर्भर’ भन्छ ।

यहाँ समूह वा समुदाय मिलेर बनाइएको ठाउँलाई सर्भर भनिन्छ । यो पब्लिक (सबैले प्रवेश गर्न सक्ने) वा प्राइभेट (केवल निम्तोमा मात्र) हुन सक्छ।

सर्भरभित्र छुट्टाछुट्टै विषयमा कुरा गर्ने स्थानको रूपमा डिस्कोर्डमा च्यानल पनि बनाउन मिल्छ । यो धेरै व्यक्तिगत तरिकाले प्रयोग गर्न मिल्ने प्लेटफर्म हो । 

एउटा सर्भरमा अधिकतम ५ लाख सदस्य हुन सक्छन् । तर, यदि एउटै समयमा २५ हजार भन्दा बढी प्रयोगकर्ताहरू अनलाइन भएमा जडान समस्या आउन सक्ने भएकाले थप स्थान (server space) पाउनका लागि सर्भर मालिकले डिस्कोर्ड सपोर्टलाई सम्पर्क गर्नुपर्छ। एक सर्भरमा अधिकतम ५० वटा श्रेणी र ५०० वटा च्यानल बनाउन सकिन्छ।

गाइड

कत्तिको हानिकारक छ मोबाइलको विकिरण ?

स्मार्टफोन हाम्रो जीवनको ठूलो हिस्सा बनिसकेको छ । हामी खाना बिना केही समय बाँच्न सक्छौं तर स्मार्टफोन र इन्टरनेट बिना बाँच्न गाह्र…

किन चर्चामा छ डिपसिक एआई ?

चिनियाँ एआई स्टार्टअप डिपसिकले यतिबेला अमेरिकामा हलचल मच्चाइरहेको छ । एआईको क्षेत्रमा रहेको अमेरेकी वर्चस्वलाई डीफसिकले ठूलो च…

प्रम्प्ट इन्जिनियरिङ के हो ? कसरी सिक्ने ?

पछिल्लो समय एआईको चर्चा निकै छ । एआईको विकास भएसँगै लाखौं मानिसको जागिर जाने निश्चित छ । तर, एआईको विकास जागिर खाने मात्र न…

सोशल मिडिया व्यवस्थापनलाई एआई टुल्सले सजिलो बनाउँदै , के के हुन् ती टूल्स ?

पछिल्ला केही वर्षहरूमा एआईले तीव्र गतिमा आफ्नो स्थान बनाएको छ । अब लगभग हरेक क्षेत्रमा यसको प्रभुत्व देख्न सकिन्छ । धेरै यस्ता टूलह…

एपीआईले कसरी काम गर्छ ?

एपिआईको पूरा नाम एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस हो, जुन एप्लिकेशन बनाउनमा मद्दत गर्दछ । यो एउटा यस्तो प्रोग्रामिङ हो जसले कुनै पन…

थ्रिडी प्रिन्टर के हो ? यो प्रविधि किन महँगो छ ?

अहिलेसम्म प्रिन्टरको सहयोगमा कागज प्रिन्ट भएको वा छापिएको देख्नु भएको होला । तर थ्रीडी प्रिन्टरले कुनै पनि वस्तुलाई थ्रीडीमै&…

बढ्दै छ डीपफेक, कसरी रहने सुरक्षित ?

आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको बढ्दो दायरा मानिसका लागि फाइदाजनक तथा हानिकारक दुवै बन्दै गएको छ । तपाईंले डिपफेक बारे …

साँच्चै के ई–सिगरेट सुरक्षित छ ?

ई–सिगरेटलाई इलेक्ट्रोनिक डिभाइसको रूपमा सोच्न सक्नुहुन्छ । यसलाई प्राविधिक रूपमा एण्ड्स (इलेक्ट्रोनिक निकोटिन डेलिभरी प्रणाल…

स्मार्टफोनको क्यामेरामा हुने चार सेन्सरको काम के हो ?

नयाँ स्मार्टफोन किन्नु अघि सबैभन्दा बढी प्राथमिकता क्यामेरा गुणस्तरलाई दिइन्छ । धेरै प्रयोगकर्ताबीच धारणा यो हुन् सक्छ कि यदि फोनमा…

कसरी विकास भयो क्युआर कोड ?

सन् १९६० को दशकमा जापानको आर्थिक वृद्धि तीव्र गतिमा बढिरहेको थियो । सुपरमार्केटहरूले खाद्य वस्तुहरूको बिक्रीबाट आफ्नो दायरलाई कप…

किन रोज्ने क्लाउड स्टोरेज ? के छन् फाइदा ?

२१औं शताब्दीसम्म आइपुग्दा विश्वमा विज्ञान तथा प्रविधिको क्षेत्रमा धेरै नयाँ नौला आविष्कार भएका छन् । यसैगरी कम्प्युटर तथा टेक्नोलोजी…

बायोमेट्रिक प्रविधिले कसरी काम गर्छ ?

कुनै पनि व्यक्तिलाई उसको व्यवहार तथा उसको शारीरिक विशेषताबाट पहिचान गर्ने स्वचालित प्रक्रिया नै बायोमेट्रिक हो । उक्त विशेषताहरू…

जीपीएस प्रविधिले कसरी काम गर्छ ?

पृथ्वीको कुनै पनि ठाउँमा गएर पनि तपाईं आफैले आफ्नो लोकसन थाहा पाउनु सक्नुहुन्छ । यो सम्भव गराउने प्रविधि हो, ज…

मोबाइलको फिंगरप्रिन्टले कसरी काम गर्छ ?

पिनकोड, पासवर्ड, प्याटन लक गर्ने चलन यसघि नै चलेको थियो । कुनै समय मोबाइलका गोप्य दस्तावेज र आफ्ना डाटालाई सुरक्षित गर्न पिनकोड…

एआईले रोजगारी मात्रै खोस्छ कि सिर्जना पनि गर्छ ?

पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकाससँगै बजारमा अनेक चर्चा हुन थालेको छ । एआईलाई सकारात्मक र नकारात्मक दुबै तरि…