कीवर्डहरू -

स्वास्थ्य

स्वास्थ्य बीमा कार्यक्रममा अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमलाई थप डिजिटल, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बोर्डको दोस्रो बैठकले १६ वर्ष उमेर पूरा गरेका नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता, नवीकरण तथा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको हो ।

बोर्डका अनुसार २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमा कार्यक्रममा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्त गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ ।

त्यस्तै, सामान्य तथा लक्षित वर्गका सबै बीमित परिवारलाई HIB e-Portal मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ । यसबाट बीमितको पहिचान सुनिश्चित गर्नुका साथै दोहोरो आबद्धता नियन्त्रण, KYC अद्यावधिक र दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बोर्डको अपेक्षा छ ।

रणनीतिक खरिदसम्बन्धी कार्यदल गठन
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा खरिद तथा भुक्तानी प्रणालीलाई वैज्ञानिक, लागत प्रभावकारी र दिगो बनाउन रणनीतिक खरिदसम्बन्धी अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि भएको छ ।

कार्यदलले सेवा प्रदायक स्वास्थ्य संस्थाको छनोट तथा सम्झौताको आधार, सेवाको वर्गीकरण, सेवा खरिद तथा भुक्तानी विधि, सम्झौताको मस्यौदा र चरणबद्ध कार्यान्वयन योजनासहितको प्रतिवेदन ६० दिनभित्र पेश गर्नुपर्नेछ ।

बोर्डले यसबाट स्वास्थ्य बीमा कोषको वित्तीय दिगोपना, सेवा गुणस्तर, लागत नियन्त्रण र दाबी व्यवस्थापनमा सुधार हुने अपेक्षा गरेको छ ।

EMR बाट आएको विवरणलाई दाबी मान्यता
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाबाट EMR (Electronic Medical Record) प्रणालीमार्फत प्राप्त डिजिटल स्वास्थ्य अभिलेख तथा दाबी विवरणलाई प्रचलित कानुन र निर्धारित मापदण्डअनुसार दाबीका रूपमा मान्यता दिने निर्णय गरेको छ ।

यससँगै हस्तलिखित प्रेस्क्रिप्सन, म्यानुअल दाबी तथा कागजी अभिलेखको प्रयोग घट्ने र भुक्तानी प्रक्रियामा हुने ढिलाइसमेत कम हुने अपेक्षा गरिएको छ । EMR बाट प्राप्त डिजिटल तथ्यांकलाई निकट भविष्यमा AI/ML आधारित दाबी समीक्षा प्रणालीमा प्रयोग गर्ने निर्णयसमेत बोर्डले गरेको छ ।

२ हजार १५८ वटा ICD-11 कोड प्रयोग गरिने
स्वास्थ्य बीमा दाबी व्यवस्थापनलाई तथ्यपरक र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउन पहिलो चरणमा २ हजार १५८ वटा Customized ICD-11 Code HMIS मा प्रयोग गर्ने निर्णय भएको छ ।

यसबाट रोगको निदान अभिलेखीकरणमा एकरूपता कायम हुने तथा दाबी परीक्षण र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने बोर्डको विश्वास छ ।

null

स्वास्थ्य

स्वास्थ्य बीमाका सेवा अब अनलाइनबाटै, नयाँ आबद्धता र नवीकरणका लागि एचआईबी ई-पोर्टल सञ्चालन

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता, बीमालेख नवीकरण र केवाईसी विवरण अद्यावधिक गर्…

स्वास्थ्यका तीन महत्त्वपूर्ण ऐनमा संशोधनको तयारी, अनलाइनबाटै सुझाव दिन सकिने

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि …

भरतपुर अस्पतालमा डिजिटल प्रणाली लागू, ओपीडी टिकट र रिपोर्ट अब स्वचालित

काठमाडौं । भरतपुर अस्पतालले सेवाग्राहीको समय बचत गर्दै स्वास्थ्य सेवालाई थप सहज, छिटोछरितो र प्रविधिमैत्री बना…

मानसिक अस्पतालमा अब अनलाइनबाटै ओपीडी टिकट, लाइन बस्नुपर्ने झन्झट हट्ने

काठमाडौं । मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ । बिर…

टिचिङ अस्पतालमा डिजिटल ओपीडी सेवा विस्तार गर्न काठमाडौं महानगरको १ करोड ७० लाखको सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० …

शल्यकक्षमा एआई : उपचारको नयाँ युग कि नियमन नपुगेको जोखिम ?

काठमाडौं । सर्जरी कक्षमा कम्प्युटरको उपस्थिति नयाँ होइन । तर अब त्यो स्क्रिनले केवल तस्बिर देखाउँदैन, निर्ण…

बीमा सेवा सहज बनाउन क्यूआर प्रणाली लागू, कार्ड साथमा नभए पनि उपचार पाइने

काठमाडौं । अबदेखि अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरूले बिरामीलाई उपचार सेवा दिन स्वास्थ्य बीमा कार्ड अनिवार्य…

फेसबुक–टिकटकमा नक्कली पेज सक्रिय, हटाउन स्वास्थ्य बीमा बोर्डको २४ घण्टे अल्टिमेटम

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो दुरुपयोग गरी सञ्चालन गरिएका अनधिकृत सामाजिक सञ्जाल पेज तथा…

इजीभ्याक्स: खोपको सम्पूर्ण जानकारी दिने र डिजिटल रेकर्ड राख्ने प्लेटफर्म

रोगबाट जोगाउने सबैभन्दा प्रभावकारी उपायमध्ये एक हो खोप। यही कारण सरकारले बालबालिकाका लागि नियमित खोप कार्यक्रम सञ्चालन गर्दै आ…

डिजिटल प्रविधिले बदलिँदै त्रिवि शिक्षण अस्पतालको सेवा अनुभव

गोरखाकी जेसिका रसाइली उपचारका लागि बेला–बेला त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पताल आइरहन्छिन्। सेवा सुस्त हुनु र …

हाप्सा नेपालले ल्यायो ‘सर्ट’ एप, प्राथमिक उपचारका भिडियो नेपालीमै हेर्न पाइने

हाप्सा नेपाल (HAPSA Nepal) ले दरबार हाई स्कूल, रानीपोखरीमा विशेष कार्यक्रम आयोजना गर्दै ‘Community Emergency Response …

ईएमआर निर्देशिका स्वीकृत, स्वास्थ्य संस्थाहरूले अब एक अर्कासँग बिरामीका तथ्यांक शेयर गर्नुपर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१…

बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवात, जोखिम र रिकभरी समयलाई कम गर्ने

बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । 

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने

सरकारले प्रत्येक प्रदेशका एक संघीय र दुई अन्य अस्पतालहरूमा टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ । 

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरे…