कीवर्डहरू -

अन्तर्वाता/विचार

फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपमाथि प्रतिबन्ध लगाउँदा राष्ट्रको डिजिटल भविष्य नै संकटमा पर्नेछ

अहिलेको डिजिटल युगमा विश्वव्यापी अर्थतन्त्रको केन्द्रमा डिजिटल संसार उभिएको छ । नेपालजस्तो विकासोन्मुख मुलुकका लागि डिजिटल प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम ह्वाट्सएप जस्ता प्लेटफर्महरू सिर्फ मनोरञ्जनको माध्यम मात्र होइनन् । यी हाम्रो रोजगारी, उद्यमशीलता, शिक्षा, र अभिव्यक्ति स्वतन्त्रताको मेरुदण्ड बनिसकेका छन् ।

हालै नेपालमा दर्ता नहुने सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउने सरकारले तयारी गरिरहेको छ । यदि नेपाल सरकारले देशमा दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने हो भने पूरै राष्ट्रको डिजिटल भविष्य नै संकटमा पर्नेछ ।

नेपालमा ३० लाखभन्दा बढी युवा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मेटा प्लेटफर्मबाट आम्दानी गरिरहेका छन् । फ्रिल्यान्सर, डिजिटल मार्केटर, कन्टेन्ट क्रियटर, इन्फ्लुएन्सर, साना व्यवसायी, टुटर, रिमोट वर्कर र सेवा प्रदायकहरूको आम्दानीको स्रोत एकाएक बन्द हुनेछ ।

सन् २०२४ मा मात्र नेपालमा फेसबुक र इन्स्टाग्रामबाट सञ्चालित विज्ञापनहरूको मूल्य अर्ब रूपैयाँको हाराहारीमा पुगेको थियो । ह्वाट्सएप, रिमोट वर्कको ब्याकबोन बनेको छ, जहाँ विदेशी ग्राहकसँग प्रत्यक्ष सम्पर्क हुन्छ । यो सबै गुम्दा, देशमा बेरोजगारीको दर एक्कासी बढ्नेछ, र ब्रेन ड्रेन अझै तीव्र हुनेछ ।

साना उद्यमहरू बन्द, लोकतान्त्रिक मूल्यमाथि प्रहार

नेपालको साना व्यवसायहरूले सबैभन्दा सस्तो र प्रभावकारी विज्ञापन माध्यमको रूपमा मेटा प्लेटफर्म  प्रयोग गर्दै आएका छन् । यदि यी प्लेटफर्महरू बन्द भए भने साना व्यवसायहरू ग्राहकमा पुग्न असफल हुनेछन्, बिचौलियामार्फत धेरै पैसा खर्च गर्नुपर्नेछ, र अन्ततः व्यवसाय बन्द गर्नुपर्ने स्थिति आउनेछ ।

नेपालको जीडीपीमा महत्त्वपूर्ण योगदान दिने हजारौं साना व्यवसायहरू धराशायी हुनेछन् । मेटा प्लेटफर्महरूले जनताको आवाज, विचार र सृजनात्मकता अभिव्यक्त गर्ने स्वतन्त्र मञ्च दिएका छन् । सरकारको आलोचना रोक्न वा नियन्त्रण गर्न यिनमा प्रतिबन्ध लगाउनु भनेको लोकतान्त्रिक मूल्यहरूमा प्रत्यक्ष प्रहार हो ।

विद्यार्थीहरू, कलाकारहरू, लेखकहरू, राजनीतिक विश्लेषकहरू—सबैको आवाज बन्द हुनेछ । जनता डरमा बाँच्ने वातावरण सिर्जना हुनेछ । अहिले विश्व कृत्रिम बुद्धिमत्ता (एआई), मेटाभर्स र डिजिटल अर्थतन्त्र तिर गइरहेको छ । तर हामी डिजिटल माध्यमहरू बन्द गरेर आफ्नो राष्ट्रलाई प्रविधिको क्षेत्रमा १० वर्ष पछाडि धकेल्न खोज्दै छौं ।

भविष्यको शिक्षा, स्वास्थ्य, वित्तीय पहुँच सबै डिजिटल हुने छ । मेटा जस्ता प्लेटफर्महरूमा प्रतिबन्ध भनेको आगामी पुस्तालाई विश्वस्तरको प्रतिस्पर्धाबाट टाढा राख्नु हो ।

प्रतिबन्ध समाधान होइन 

हरेक प्लेटफर्मसँग केही समस्या हुन्छ - हेटस्पीच, गलत सूचना आदि । तर समाधान भनेको प्रतिबन्ध होइन । समाधान भनेको त कानुनी नियमन, डिजिटल साक्षरता अभिवृद्धि र मेटासँग सहकार्य गर्दै मोनिटरिङ मेकानिजम तयार पार्ने हुन् ।  

त्यसैले मेटा प्लेटफर्ममा प्रतिबन्ध लगाउनु भनेको नेपालको डिजिटल क्रान्ति थालनीकै चरणमै रोक्नु हो । यसले समग्र राष्ट्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा गम्भीर असर पार्नेछ ।

सरकारलाई आग्रह छ—संवेदनशील बन्नुहोस्, प्रतिक्रिया होइन, रणनीति अपनाउनुहोस् । प्रतिबन्ध होइन, सुधार गर्नुहोस् ।

(चुँडाल आईटी ट्रेनिङ प्रदान गर्ने संस्था माइन्डराइजर्स संस्थापक हुन्)

अन्तर्वाता/विचार

‘अहिले नेपालमा कार्यालय खोल्ने टिकटकको योजना छैन्, तर स्थानीयकरणमा जोड दिएका छौं’

टिकटक विश्वकै लोकप्रिय सामाजिक सञ्जाल हो । नेपालमा पनि टिकटक उत्तिकै लोकप्रिय छ । 

‘महिलाहरूसँग जन्मजात नै नेतृत्व क्षमता हुन्छ, समान अवसर दिनुपर्छ’

आईटी क्षेत्रमा महिलाहरूको अपार सम्भावना छ । आईटी उद्योग आफैमा इन्नोभेसन र ग्रोथका लागि अनगिन्ती अवसरहरू प्रदान गर्ने क्षेत्र हो, ज…

‘आईटी कम्पनीमा महिलाले फरक दृष्टिकोण लिएर आउँछन्, प्रोत्साहन गर्नुपर्छ’

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा महिलाहरूको सहभागीता थोरै छ । सूचना प्रविधिमा महिला (डब्लुआईआईटी) संस्थाले हालै गरेको अध्ययनम…

‘एआई प्रविधि आयात मात्रै गर्नुपर्ने अवस्था आयो भने अत्यन्तै ठूलो समस्या हुन्छ’

कुन आधारभूत सिद्धान्तमा टेकेर एआई नीति बनाउने भन्ने कुरा मुख्य हो । मेरो एउटा निश्चित धारणा छ त्यो कुरा एआई नीतिको मस्यौदामा अ…

‘सामाजिक सञ्जाल विधेयकले स्टार्टअपलाई नियन्त्रण गर्न खोजेको छ, फेक र बेनामी आईडी एउटै होइन’

हालसालै नेपाल सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनाएको एउटा चर्चित विधेयक राष्ट्रिय …

‘इन्ड्राइभ अब सस्टेनेबिलिटीमा केन्द्रित हुन्छ, प्लेटफर्ममा धेरैभन्दा धेरै ईभीलाई जोड्छौं’

राइड हेलिङ प्लेटफर्म इन्ड्राइभ नेपालमा लोकप्रिय छ । यसमा चालक र यात्रु दुबैले बार्गेनिङ गर्न सक्छन् । 

साइबर ठगीमा टेलिग्रामको प्रयोग बढ्दो, बच्ने कसरी ?

नेपालमा साइबर अपराधका घटनाहरू पछिल्ला केही वर्षमा उल्लेखनीय रूपमा बढ्दै गएका छन्, जसले आम नागरिकको सुरक्षा र गोपनीयता सम्बन्धी …

बैंकिङमा एआई र नवीन प्रविधिको प्रयोग

पछिल्लो समय एआई प्रविधि निकै चर्चामा छ । सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएसँगै चौतर्फी एआई प्रविधिले लोकप्रियता अझै बढि पायो …

इन्ड्राइभ कम्फर्टले यात्रुलाई प्रिमियम यात्राको अनुभूति गराउने छ: अविक कर्मकार (अन्तर्वाता)

विश्वव्यापी मोबिलिटी सेवा प्लेटफर्म इन्ड्राइभले हालै नेपालमा आरामदायक र उच्च गुणस्तरको विकल्पसहित 'इनड्राइभ कम्फर्ट&rs…

उद्यमशीलता राष्ट्रको मेरूदण्ड हो, विद्यालय तहबाटै उद्यमी सोच जगाउनु पर्छ

उद्यमशीलता २ वटा कुरासँग जोडिएर आउँछ । एउटा आर्थिक स्वतन्त्रता र अर्को व्यक्तिगत स्वतन्त्रता । युवाहरूको ग्रोथका यी दुवै कुरा महत्त्व…

‘नेपालको हाइड्रोजन भविष्यमा विश्वबजारमा बिक्री हुन्छ, आजैदेखि काम थाल्नु पर्छ’

पछिल्लो समय नेपालमा ग्रीन हाइड्रोजन चर्चामा छ । काठमाडौं विश्विविद्यालयले ग्रीन हाइड्रोजन ल्याब नै स्थापना गरी नेपालको पहिलो …

नेपालमा स्याटेलाइट इन्टरनेटको सम्भावना र चुनौती

पछिल्लो समय नेपालमा पनि स्याटेलाइट इन्टरनेटको चर्चा बढ्न थालेको छ । विपद्को बेला र दुर्गम ठाउँमा स्याटेलाइट इन्टरनेट एकदमै म…

सूचना प्रविधिमा नेपालः विगत, वर्तमान र भविष्य

सूचना प्रविधि (आईटी) आधुनिक समाजको एक आधारभूत तत्व भएको छ, जसले हाम्रो जीवन, काम र सञ्चारमा सहजता थपेको छ । पछिल्लो समय…

ग्राहकको सन्तुष्टि इन्ड्राइभको शीर्ष प्राथमिकतामा छः मार्केटिङ निर्देशक नतालिया माकारेन्को (अन्तर्वार्ता)

इन्ड्राइभ हाल नेपालमा सबैभन्दा लोकप्रिय राइड–हेलिङ सेवाहरू मध्ये एक हो । यसको मुख्य कारण भनेको सवारी चालक र ग्राहक दुवैल…

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धताको पूर्ण प्रत्याभूति हुनुपर्छ

डिजिटल नेपाल फ्रेमवर्क आईसकेपछि एउटा आशा देखिएको थियो । त्यो भन्दा अगाडि सूचना प्रविधिको क्षेत्रमा आ आफ्नै तरिकाले काम भइरहेका …