काठमाडौं । इन्फोडेभलपर्स प्रालि र रिलायन्स फाइनान्सबीच ‘पुमोरी नेक्स्टजेन’ कोर बैंकिङ प्रणाली कार्यान्वयनका लागि सम्झौता भएको छ । सम्झौता नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल प्रविधि क्षमता अभिवृद्धि तथा आधुनिक वित्तीय प्रविधि पूर्वाधार निर्माणतर्फको अर्को महत्त्वपूर्ण कदम रहेको कम्पनीले बताएको छ ।
रणनीतिक साझेदारीले रिलायन्स फाइनान्सको डिजिटल बैंकिङ क्षमता तथा प्रविधिगत पूर्वाधारलाई थप सुदृढ बनाउनेछ । इन्फोडेभलपर्सद्वारा विकसित पुमोरी नेक्स्टजेन’ एक आधुनिक, वेबमा आधारित तथा पूर्ण रूपमा API-integrated कोर बैंकिङ प्लेटफर्म हो, जसले प्रभावकारी, विस्तारयोग्य र सुरक्षित बैंकिङ सञ्चालनलाई सुनिश्चित गर्दछ ।
यसको एपीआई आधारित संरचनाले डिजिटल बैंकिङ च्यानलहरू, तेस्रोपक्षीय एप्लिकेसन, भुक्तानी प्रणाली तथा अन्य इन्टरप्राइज प्रणालीसँग सहज एकीकरण सम्भव बनाउँछ, जसले रिलायन्स फाइनान्सलाई भविष्यका डिजिटल नवप्रवर्तनका लागि तयार बनाउने कम्पनीको भनाइ छ ।
सहकार्यमार्फत इन्फोडेभलपर्सले रिलायन्स फाइनान्सको कोर बैंकिङ पूर्वाधारलाई आधुनिकीकरण गर्न सहयोग गर्नेछ, जसबाट संस्थाले छिटो, सुरक्षित तथा ग्राहक केन्द्रित वित्तीय सेवा प्रवाह गर्न सक्नेछ ।
आईसीटी समाचार