महिलामाथि अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नवलपरासी (पूर्व) हुप्सेकोट गाउँपालिका-३ गिरुवारी टोल बस्ने प्रदिप भन्ने २६ वर्षीय पूर्ण चन्द्र भुसाल रहेका छन् ।
‘बदमास केटिए’ नामक युट्युब च्यानल सञ्चालन गरी ‘प्राङ्क’ को नाममा बाटोमा हिँडिरहेकी महिलालाई ‘साथमा भएको पैसा, मोवाइल, गर गहना दिनुस् नदिएमा एसिड हान्दिन्छु’ भन्दै अति सम्वेदनशील वस्तु एसिड जस्तो घातक पदार्थ प्रयोग गर्छु भनी समाजमा नकारात्मक सन्देश फैलाउने खालको भिडियो बनाई पोष्ट/अपलोड गर्ने कार्यमा संलग्न भुसाललाई नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) को सहयोगमा नवलपरासी कावसोतीबाट पक्राउ गरेको हो ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आईसीटी समाचार