काठमाडौं। शाओमीले रेडमी नोट सेभेन प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेडमी नोट ७ प्रो मा ४८ मेगापिक्सेलको क्यामेरा रहेको छ।
जसमा क्वालकम स्न्यापड्रयागन ६७५ प्रोसेसर रहेको छ। ६.३ इन्चको फूल एचडी प्लस डिस्पेले रहेको छ। रेडमी नोट सेभेन प्रो मा सुरक्षाको लागी गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ।
यसले क्वालकम क्विक चार्ज ४ लाई सपोर्ट गर्छ । नेपालमा रेडमी नोट सेभेन प्रो ४ जीबी र्याम र ६४ जीबी रोमको लागि २४,९९९ रुपैयाँ रहेको छ। भने ६ जीबी र्याम र १२८ जीबी रोमको लागि २९,९९९ रुपैयाँ रहेको छ।
स्पेस ब्ल्याक, नेबुला रेड र नेप्चुन ब्लू कलरमा जुन ३० बाट बाट देशभरका आधिकारिक एमआई स्टोर, पार्टनर स्टोर तथा रिटेल च्यानल र दराजमा उपलब्ध हुनेछ ।
आईसीटी समाचार