काठमाडौं।
राष्ट्रिय वाणिज्य बैंकले १४ वटा नयाँ शाखा विस्तार गरेको छ।
नयाँ शाखाहरु झापाको चकचकी, मोरङको कर्सिया, काठमाडौंको टोखा र कोटेश्वर, गुल्मीको पुर्तिघाट, दाङको घोराही, कुपिलवस्तुको चन्द्रौटा, तनहुको खैरेनिटार, पर्साको पोखरियाबजार, नवलपुरको टांगीकोट, महोतरीको बलवाबजार र पिपरा, रौतहटको चन्द्रपुर, मकवानपुरको भिमफेदी रहेका छन।
यि शाखाको उद्घाटन डिजिटल प्रविधिबाट अर्थमन्त्री डा. युबराज खतिवडाले गरेका हुन। यो सँगै राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु २३६ पुगेका छन। सरकारी स्वामित्वमा विसं २०२२ साल माघ १० गते राष्ट्रिय वाणिज्य बैंकको स्थापना भएको थियो ।
आईसीटी समाचार