काठमाडौं। शनिबार साँझ नक्कली एटिएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने ५ जना चिनियाँ नागरीक पक्राउ परेका छन।
दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा निकाल्दै गरेको अवस्थामा पक्राउ परेका चिनियाँ नागरीकको परिचय भने खुलाइएको छैन।
महानगरीय प्रहरी परिसर काठमाडौं बाट गएको टोलीले उनीहरुको साथबाट १ करोड २६ लाखभन्दा बढी नेपाली रुपैयाँ र १० हजार अमेरिकी डलर बरामद गरेको छ। यसबारे विस्तृत जानकारी पत्रकार सम्मेलन गरेर दिइनेछ।
आईसीटी समाचार