काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव दीपक सुवेदीले कार्यभार सम्हालेका छन् ।
प्रदेश २ का प्रमुख सचिवबाट सरुवा भई आएका सचिव सुवेदीले बुधबार बिहान १० बजे सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगेर कार्यभार सम्हाले ।
कार्यभार सम्हाले लगत्तै सुवेदीले सबै कर्मचारीहरुसँग आवश्यक छलफल गरेरै मन्त्रालयको कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफ्ना लागि विल्कुलै नयाँ मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयका कर्मचारीहरुको निरन्तर साथ र सहयोगको अपेक्षा गरेको पनि बताए ।
सचिव सुवेदीलाई मन्त्रालयका सहसचिव विरेन्द्रकुमार मिश्रसहितका पदाधिकारीहरु तथा सञ्चार मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा तथा विभागका प्रमुखहरुले पनि स्वागत गरेका थिए ।