कीवर्डहरू -

ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ह्वावेको आफ्नै इन्टलीजेन्ट इकोसिस्टम

ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ह्वावेको आफ्नै इन्टलीजेन्ट इकोसिस्टम

ह्वावे मोबाइल सर्भिसेस (एचएमएस) ले सिंगापुरमा पहिलो एप्याक डिभेलपर डे को आयोजना गर्यो । डिभेलपर डे मा ह्वावेको एसिया प्रशान्त क्षेत्रका १५० भन्दा बढी साझेदारहरूको सहभागिता थियो । सो कार्यक्रममा ह्वावेले एउटा खुला इकोसिस्टम निर्माण गर्ने आफ्नो योजना बारे जानकारी गराएको थियो ।

ह्वावेले खुला इकोसिस्टमअन्तर्गत अल सियानोरियो, नवीनतम प्रविधिहरू जस्तै ह्वावे मोबाइल सर्भिसेस ओपन केपेबिलिटिज, ह्वावे डिभाइसेस, फाइभ जी नेटवर्कहरू तथा एआई–पावर्ड एपहरूले सपोर्ट गर्ने सिमलेस डिजिटल लिभिङ को निर्माण गर्ने लक्ष्य रहेकोछ


ह्वावे कन्ज्युमर बिजनेस ग्रुपको उपस्थिति विश्वव्यापी बजारमा बलियो हुँदै गइरहेको छ। ह्वावे विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन आपूर्तिकर्ता हो । ह्वावेले सन् २०१९ को जनवरीदेखि अक्टोबरसम्म २०० मिलियनभन्दा बढी मोबाइलफोनहरू आपूर्ति गर्यो  । अघिल्लो वर्षको तुलनामा ह्वावेका अन्य उत्पादनहरूको पनि आपूर्तिमा निरन्तर वृद्धि आएको छ– कम्प्युटरमा २१४ प्रतिशतले, स्मार्ट अडियोमा ३३ प्रतिशत र वेयरेबल उत्पादनहरूतर्फ २७२ प्रतिशतले वृद्धि भयो ।


“हाम्रो लागि अब ह्वावे इकोसिस्टम सार्वजनिक गर्ने समय आइसकेको छ किनकि यस क्षेत्रमा ३० वर्षभन्दा बढी समय बिताइसकेपछि हामी एउटा परिपक्व चरणमा पुगिसकेका छौँ । ह्वावे इकोसिस्टम ह्वावे मोबाइल सर्भिसेसमा जडित छ र हाम्रो ‘१+८+एन’ रणनीतिमा संलग्न छ । यसले हाम्रा साझेदारहरूलाई उनीहरूको व्यवसायहरू हाम्रो प्लेटफर्ममा एकीकृत गरी उनीहरूलाई डिजिटल इनोभेसनलाई अघि बढाउन सघाउनेछ।” ह्वावे कन्ज्युमर क्लाउड सर्भिसका अध्यक्ष झाङ पिङ’यानले भने ।
 


ह्वावे इकोसिस्टमको १+८+एन अप्रोचले एउटा स्मार्टफोनलाई आठवटा सपोर्टेड भाइसहरू र असीमित आइवोटी सर्भिसहरूमा जोड्दछ । “ह्वावे इकोसिस्टममा, ह्वावे मोबाइल सर्भिसेस डिभाइसहरू, एपहरू तथा इन्डयूजरहरूबीचको संयोजन तथा व्यवस्थापन केन्द्रका रुपमा काम गर्दछ।   ह्वावेको फाइभ जी नेटवर्क, एआई पावर्ड सिस्टम तथा क्लाउड कम्प्युटिङ सलुशनका साथमा हामी सबैका लागि सिमलेस एआई लिभिङ स्थापना गर्ने हाम्रो सोच छ

 
ह्वावे इकोसिस्टमले ह्वावे मोबाइल सर्भिसेसको विश्व बजारमा उपस्थितिलाई थप मजबुत बनाउँदै गइरहेको छ । अहिलेसम्म १७० भन्दा बढी देशमा यसले ५७० मिलियनभन्दा बढी विश्वव्यापी प्रयोगकर्ताहरूलाई सेवा प्रदान गर्दछ । सन् २०१९ को तेस्रो त्रैमासिकमा ह्वावे मोबाइल सर्भिसेसको ह्वावे एपग्यालरीमा मासिक रूपमा ३९० मिलियन सक्रिय प्रयोगकर्ताहरू रहेका छन् । यसले सन् २०१८ मा विश्वव्यापी सेवा सुरू गरेयता एक वर्षको अवधिभित्र १८० अर्बभन्दा बढी एप डाउनलोडहरू भए ।

हाल ह्वावे मोबाइल सर्भिसेसमा १.०७ मिलियन दर्ता भएका ग्लोबल डिभेलपरहरू रहेका छन् र एचएमएस कोरमा ५० हजारभन्दा बढी एपहरू एकीकृत भइसकेका छन् जसले ह्वावेका सबै डिभाइसहरूमा कम्प्याटिबल हुने एपको भर्सन निर्माण गर्न सघाउँछ ।