कीवर्डहरू -

दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव सम्पन्न, अब एनटीए कल एपबाट भ्वाइसको गुणस्तर थाहा पाउन सकिने

वार्षिकोत्सवको अवसरमा दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापित वर्षकै उत्कृष्ट कर्मचारी घोषित भएका हुन्

दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सव सम्पन्न,  अब एनटीए कल एपबाट भ्वाइसको गुणस्तर थाहा पाउन सकिने

नेपाल दूरसञ्चार प्राधिकरणले फागुन २० गते आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । उक्त वार्षिकोत्सवको अवसरमा दूरसञ्चार प्राधिकरणका निर्देशक अम्बर स्थापित वर्षकै उत्कृष्ट कर्मचारी घोषित भएका हुन् ।

उनलाई प्राधिकरणले प्रशंसापत्र र नगदसहित सम्मान गरेको छ । फ्रिक्वेन्सी अक्सनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

उनलाई अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले पुरस्कार प्रदाण गरेका हुन् । विगत २१ वर्षदेखि स्थापित दूरसञ्चार प्राधिकरणमा कार्यरत छन् ।

\"\"

त्यस्तै सोही वार्षिकोत्सवमा सञ्चार मन्त्री युवराज खतिवडाले नेपाल दूरसञ्चार प्राधिकरणको स्पीड टेष्ट सेवा र कल एपको पनि शुभारम्भ गरेका छन् ।

एनटीए कल एपबाट भ्वाइसको गुणस्तर थाहा पाउन सकिने छ भने स्पीड टेष्टबाट इन्टरनेटको स्पीड तथा गुणस्तर थाहा पाउन सकिने छ ।

\"\"