एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकहरूलाई विशेष योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन फागुन २५ गते यस बैंकको मोबाइल बैंकिङ प्रयोग गरी कारोबार गर्ने १०० जना भाग्यशाली महिलाहरूले १०० प्रतिशत वा दशहजार सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
यस बैंकका महिला ग्राहकहरूले मोबैंक एपबाट मोबाइल रिचार्ज गर्दा, बिजुलीको महसुल तिर्दा, हवाई टिकट खरिद गर्दा, क्यूआर लगायतका भुक्तानीहरूमा यो योजना लागू हुनेछ ।
तर वालेट लोड तथा फन्ड ट्रान्सफरलाई यस योजनामा समावेश गरिएको छैन । यस योजनाले महिला ग्राहकहरूलाई सम्मानका साथै डिजिटल बैंकिङ कारोबार गर्न प्रोत्साहन पुग्ने बैंकले विश्वास लिएको छ ।
आईसीटी समाचार