कामना सेवा विकास बैंक लिमिटेडले चैत २० गतेका दिन डिजिटल प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक सम्पन्न गरेको छ । बैंकको इतिहासमा यो पहिलो डिजिटल बैठक हो ।
हालको अवस्थाको बारेमा गहन विश्लेषण एवं भावी रणनीतिको सम्बन्धमा नीतिगत निर्णय गर्न तथा आवश्यक दिशानिर्देश गर्न समेत यो डिजिटल बैठक फलदायी रहेको बैंकका अध्यक्ष सुदिप आचार्यले बताए ।
बैंकले हालसालै आफ्नो नियमावलीमा संशोधन गर्दै विद्युतीय प्रविधिको माध्यमद्वारा भिडियो कन्फरेन्स मार्फत सञ्चालक समितिको बैठक बस्न सक्ने व्यवस्था गरेको थियो ।
यो बैंकलाई डिजिटाइजेसन र अटोमेसनको पायोनियर बनाउने लक्ष्यको कोसेढुङ्गोको रुपमा यस डिजिटल बैठकलाई लिएको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत बताउछन् ।
गत कार्तिक २७ गते बैंकको वार्षिकोत्सव तथा भवन समुद्घाटन समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाज्यूद्वारा एकै दिन ५० वटा शाखा डिजिटल अनावरण गरिएको थियो ।
चैत २० गते सम्पन्न सञ्चालक समितिको बैठकले देश लकडाउनमा परेका कारण पिडामा परेका गरिब तथा असहाय व्यक्ति, परिवारहरुको दैनिकी सञ्चालन तथा सहजीकरणको निमित्त वडा, गाउँपालिका तथा नगरपालिकाहरुसँग सहकार्य गर्दै अगाडि बढ्न बैंक व्यवस्थापनलाई निर्देशन समेत दिएको छ ।
ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।
आईसीटी समाचार