राेबाेटिक्स एशाेसियसन नेपाल फारवेस्टले काेइचाे ग्रुप तथा राष्ट्र आविस्कार केन्द्रकाे सहयाेगमा निर्माण भएकाे सेफ्टी बुथ सेती प्रादेशिक अस्पताललाई नि:शूलक वितरण गरिएकाे छ ।
३ दिनमा निर्माण भएकाे उक्त बुथ हिजाे सेती प्रादेशिक अस्पताललाई नि:शूल्क प्रदान गरिएकाे हाे ।
बुथमा स्वास्थ्यकर्मीलाई अक्सिजनकाे कमी नहाेस भनेर एक्जिस्टिङ पंखा, रातिकाे समयमा बिरामी जाँच्न मिल्ने गरि नाइट लाइट, अगाडिको सिसा भित्रबाटै सफा गर्न मिल्ने गरी म्याग्नेटीक ग्लास क्लिनर, स्वास्थ्यकर्मीले बिरामीसँग संवाद गर्न मिल्ने अडियाे सिस्टम तथा बिरामीको ज्वराे जाँच गर्ने थर्मल गनलाई झुन्ड्याउने ह्याङगर राखिएको छ ।
यश बुथले पीपीईकाे खपत कम गर्नुका साथै बुथकाे सहायताले स्वास्थ्यकर्मीले बिरामीको प्रत्येक्ष सम्पर्कबिनै पनि बिरामी जाँच गर्न सक्ने छन् ।
जसले गर्दा सामान्य ज्वराे आएका वा अन्य रोगका बिरामीलाई समेत सेवा दिन सहज हुनेछ | यो बुथ लकडाउनको समयमा पनि आवश्यक सामाग्री जुटाएर कम समयमा तयार गरेकाे राेबाेटिक्स एशाेसियसन नेपालले बताएको छ |
आईसीटी समाचार