ई-सेवा खाताबाट कुनै पनि बैंक खातामा आगामी बैशाख ३१ गतेसम्म निशूल्क रकम ट्रान्सफर गर्न सकिने भएको छ ।
डिजिटल कारोबोरोलाई प्रोत्साहन गर्ने उदेश्यले ई-सेवाले यसअघि बैशाख १८ गते सम्म मात्रै निशूल्क रकम पठाउन सकिने व्यवस्था गरेको थियो । ई-सेवाबाट ५० भन्दा बढी बैंकहरुमा निशूल्क रकम पठाउन सकिनेछ ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाबाट टेलिफोन, मोबाइल, खानेपानी महशुलको भुक्तानी, विद्युत महशुलको भुक्तानी, हवाइजहाज, बसको टिकट, रिचार्ज, स्कुल तथा कलेज शूल्क, इन्स्योरेन्स, इन्टरनेट, टेलिभिजन, होटेल, खाद्यान्न अर्डर, औषधि अर्डर तथा अन्य विविध सेवाको भुक्तानी गर्न सकिन्छ ।
आईसीटी समाचार