संसदको विकास तथा प्रविधि समतिले सूचना महामार्ग निर्माण कार्यको प्रगति अत्यन्त न्यून देखिएको निर्णय गरेको छ ।
आज बसेको समतिको बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रदेश १, २ र बाग्मती प्रदेशमा ग्रामीण दुरसञ्चार विकास कोष परिचालन गरी मध्य पहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग (अप्टिकल फाइबर) निर्माण दुई वर्षभित्र सम्पन्न गरी सक्ने गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडसँग भएको सम्झौता अनुसारको निर्माण कार्यको प्रगति अत्यन्त न्यून देखिएको हो ।
समितिको बैठकले ब्रोड ब्याण्ड इन्टरनेट सेवा ४१ वटा जिल्लाहरुमा मात्र सीमित रहेको हालको अवस्थामा सेवा विस्तार हुन बाँकी रहेका सबै जिल्लाका सम्बद्ध निकायहरुसम्म गुणस्तरीय सेवा विस्तार गर्ने कार्यक्रम आगामी आर्थिक वर्षमा मूख्य प्राथमिकतामा राख्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।
त्यस्तै समितिले राज्यका हरेक संरचना लगायत सम्पूर्ण क्षेत्रलाई प्रविधिमैत्री बनाउने गरी सञ्चारको प्रभावकारी क्षमता अधिवृद्धि गर्दै आवश्यक कार्ययोजना अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।
आईसीटी समाचार