बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) घरमै उपलब्ध गराउने भएको छ । बागमती प्रदेशले हुलाक सेवा विभागसँग सहकार्य गरेर घरमै लाइसेन्स उपलब्ध गराउन लागेको हो ।
गत कार्तिक ६ गते चारवटै लाइसेन्स कार्यालयका प्रमुख र हुलाक सेवा विभागका प्रमुखबीच बैठको बसेको थियो । सो बैठकले दुई पक्षीय सम्झौता (एमओयु) गर्ने निर्णय गरेको थियो ।
 
  हुलाक विभागसँग सम्झौता गरी घरमै लाइसेन्स पुर्याउने काम चाँडै सुरु हुने जनाइएको छ । हुलाकले काठमाडौं उपत्यकाभित्र ५० रुपैयाँ र उपत्यका बाहिर १०० रुपैयाँ शुल्क लिएर सेवा उपलब्ध गराउने छ ।
 
 
                  
                  
              
                                      आईसीटी समाचार