आजको डिजिटल युगमा भिडियो कन्टेन्ट बनाउनको लागि पारमपरिक फिल्म सेटअप, महँगो क्यामेरा र विस्तृत क्रूको आवश्यकता छैन। तपाईंले मात्र आफ्नो आइडिया र केही टेक्स्ट इनपुट गर्नुभयो भने, विभिन्न एआई टूल्सले त्यसलाई केही सेकेण्डमै आकर्षक भिडियोमा परिणत गर्छन्। यी उपकरणहरूले शर्ट फिल्म, रिल्स, एड भिडियो वा एनिमेसन बनाउन सहज बनाएका छन्।
माथि उल्लेखित पाँच उत्कृष्ट एआई भिडियो टूल्स: मेटा एआई, गुगल एआई स्टुडियो, इनभिडियो एआई, क्लिङ एआई र रनवे एमएलले नि:शुल्क वा किफायती प्लानमा प्रोफेसनल गुणस्तरको भिडियो सिर्जना गर्ने सुविधा प्रदान गर्छन्।
अब तपाईं पनि सृजनात्मक आइडियालाई टेक्स्ट प्रम्प्टबाट सरलतम तरिकाले जीवन्त दृश्यमा रूपान्तरण गर्न सक्नुहुनेछ।
आज बजारमा थुप्रै यस्ता एआई टूल्स छन् जसले टेक्स्टबाट सिधै भिडियो जनरेट गर्छन्। यी टूल्सबाट तपाईं शर्ट फिल्म, रिल्स, एड भिडियो वा एनिमेसन पनि केही सेकेण्डमै तयार गर्न सक्नुहुन्छ।
यहाँ छन् शीर्ष-५ एआई भिडियो टूल्स, जो सबैका लागि फ्री वा किफायती छन् र जसले केही सेकेण्डमै प्रोफेसनल भिडियो बनाउँछन्।
मेटा एआई
मेटाको एआई टूल निकै सरल छ। व्हाट्सएप वा इन्स्टाग्राममा मेटा एआईलाई टेक्स्ट पठाउनुहोस्, यो तपाईंलाई ६ सेकेण्डको एनिमेटेड भिडियो क्लिप बनाइदिन्छ। कुनै अतिरिक्त सफ्टवेयरको आवश्यकता पर्दैन—सिधै च्याटबाट नै भिडियो जनरेट हुन्छ। यो टूल पूर्ण रूपमा फ्री छ।
गुगल एआई स्टुडियो
गुगलको यो प्लेटफर्म वेबमा चल्छ। तपाईंले एक टेक्स्ट प्रम्प्ट दिनुहुन्छ, र एआई त्यसैअनुसार भिडियो तयार पार्छ। यसमा दुईवटा मोडेल छन्, जस्ले फरक–फरक आउटपुट दिन्छन्। हाल यो पनि फ्री उपलब्ध छ।
इनभिडियो एआई
यो टूल विशेषगरी एजुकेशन र प्रेजेन्टेशन भिडियोका लागि उपयोगी छ। तपाईंले केवल स्क्रिप्ट इन्पुट गर्नुहोस्, इनभिडियो एआई आफैंले भिडियो क्लिप्स, म्युजिक, भ्वाइसओभर र सबटाइटल जोडेर रेडीमेड भिडियो तयार पारिदिन्छ।
क्लिङ एआई
यदि तपाईं भिजुअल डिटेल्समा फोकस गर्नुहुन्छ भने, क्लिङ एआई तपाईंका लागि उत्कृष्ट छ। यसमा तपाईं क्यारेक्टर, ब्याकग्राउन्ड, क्यामेरा एंग्ल जस्ता सेटिङ्स डिफाइन गर्न सक्नुहुन्छ र एआई त्यसैअनुसार भिडियो बनाउन सक्छ। फ्री भर्सनमा यो वॉटरमार्कसहित आउँछ।
रनवे एमएल
रनवे एउटा यस्तो एआई टूल हो जसले फोटोबाट मूविङ भिडियो क्लिपसम्म बनाउन सक्छ। तपाईं चाहनुभयो भने टेक्स्टबाट फोटो जनरेट गरी त्यसलाई एनिमेटेड सीनमा परिवर्तन गर्न सक्नुहुन्छ। फ्री भर्सनमा २५ सेकेण्डसम्मको भिडियो बनाउन पाइन्छ।