सोसल मिडिया मा केही समयदेखि यस्ता-यस्ता भिडियोहरू भाइरल भएका छन् जसलाई हेरेपछि मनमा एकै प्रश्न उठ्छ: के यो भिडियो साँचो हो?
एआई को यो युगमा कुनै पनि फोटो वा भिडियो हेरेपछि तुरुन्तै त्यसमा विश्वास गर्नु खतरनाक हुन सक्छ। ओपनएआईको सोरा २ र गुगलको नानो बनाना जस्ता अत्याधुनिक एआई टुलहरूले यस्ता वास्तविकजस्तै देखिने भिडियोहरू बनाउन धेरै सजिलो बनाइसकेका छन्।
यसै कारणले फेक भिडियो र असली भिडियो छुट्याउनु अब गाह्रो हुँदै गएको छ, तर केही संकेतबाट कुनै पनि भिडियोको सत्यता सजिलै थाहा पाउन सकिन्छ। आज हामी तपाईँलाई यस्ता ५ संकेत बताउँछौँ; यी संकेतहरू देख्नुभयो भने बुझ्नुस् कि भिडियो एआईले बनाएको हुन सक्छ।
१) ग्लिच
एआईबाट बनेका भिडियोहरू हेर्नमा धेरै वास्तविक लागे पनि साना–साना त्रुटि प्रायः देखिन्छन्। भिडियोभित्र कहिलेकाहीँ व्यक्तिको छाया, औँलाहरू, आँखाको दिशा वा शरीरको क्रियाकलाप अनौठो देखिन सक्छ। वास्तविक भिडियोमा नदेखिने यस्ता गल्तीहरू एआई भिडियोमा पत्ता लगाउन सकिन्छ।
२) भिडियोको गुणस्तर
आजकल सामान्य स्मार्टफोनमै उच्च गुणस्तरको भिडियो खिच्न सकिन्छ, तर यदि कुनै भाइरल भिडियो अत्यन्तै धुँधलो, पिक्सेलेटेड वा अनौठो छ भने त्यो एआईले बनाएको हुन सक्छ। प्रायः फेक भिडियोहरू खराब क्वालिटीमा नै राखिन्छन् ताकि त्रुटिहरू लुकाउन सकियोस्।
३) अत्यन्तै ‘परफेक्ट’ देखिने भिडियो
यदि भिडियोमा देखिएका मानिसहरूको छाला अत्यन्तै क्लियर, बिना दाग–धब्बा, प्रकाश बिल्कुल फिल्मी जस्तो र ब्याकग्राउन्ड एकदमै सफा छ भने त्यो वास्तविकभन्दा एआईबाट बनिएको हुन सक्छ।
४) क्यामेरा मूवमेन्ट र स्लो क्लिप
धेरै एआई भिडियोमा केही फ्रेमहरू अनौठो रूपमा स्लो हुन्छन् वा क्यामेरा मूवमेन्ट अस्वाभाविक रूपमा धेरै स्मूथ हुन्छ। वास्तविक क्यामेराले यस्ता ट्रान्जिसन प्राकृतिक रूपमा बनाउने सम्भावना कम हुन्छ।
५) ध्वनि र लिप–सिंक
एआईबाट बनेका भिडियोमा व्यक्तिको बोली र ओठको हर्कत मेल नखान सक्छ। कहिलेकाहीँ ब्याकग्राउन्ड आवाज नै नआउनु वा बिल्कुलै फरक आवाज सुनिनु पनि मुख्य संकेत हो कि भिडियो एआईले बनाएको हो।
आईसीटी समाचार