कीवर्डहरू -

विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी शुल्कमा ५० प्रतिशत छुट

विद्यार्थीलाई अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी शुल्कमा ५० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवा शुल्कमा ५० प्रतिशत छुट दिने विशेष योजना ल्याएको छ। बैंकले अध्ययन शुल्क, भिसा शुल्क र विभिन्न अनलाइन परीक्षाका लागि गरिने भुक्तानीमा लाग्ने सेवा शुल्कमा भारी कटौती गरेको हो। 

यस योजना अन्तर्गत विद्यार्थीहरूले आईईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई जस्ता परीक्षा शुल्कका साथै कलेज फि र बीमा शुल्क भुक्तानी गर्दा आधा मात्र सेवा शुल्क तिरे पुग्नेछ। बैंकले सार्वजनिक गरेको यो सहुलियतपूर्ण योजना आगामी जुलाई ३१, २०२६ सम्म लागू हुनेछ। 

विद्यार्थी र अभिभावकको सहजताका लागि बैंकले आफ्ना ११७ वटा शाखाहरूबाट यो सेवा उपलब्ध गराएको छ। यो छुट सुविधा पाउने शाखाहरूको विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा राखिएको छ।