निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी प्रचारप्रसार र मतदाता शिक्षाका लागि चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ।
युवा पुस्तालाई निर्वाचन प्रक्रियाप्रति सचेत बनाउने र डिजिटल माध्यममार्फत जागरूकता फैलाउने उद्देश्यसहित चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा सहभागीहरूले निर्वाचन प्रचारप्रसार, आचारसंहिता र मतदाता शिक्षा जस्ता विषय समेटेर एक मिनेटसम्मको भिडियो तयार पार्नुपर्नेछ।
तयार भिडियो टिकटक, युट्युब र फेसबुकमा राखेर सो लिंक फागुन ३ गतेदेखि १७ गतेभित्र आयोगको इमेल [email protected] मा पठाउनु पर्नेछ।
निर्वाचन आयोगले प्रतियोगितामा भ्युजका आधारमा उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गर्ने जनाएको छ। पहिलो हुनेलाई ५०,००० रुपैयाँ, दोस्रोलाई ३०,००० रुपैयाँ र तेस्रो हुनेलाई २०,००० रुपैयाँ प्रदान गरिनेछ।

आईसीटी समाचार