नेपालको एक अग्रणी टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायककम्पनी, सुबिसु केवलनेटले विश्व कप २०१८ लाई लक्षित गरेर क्लियर टि.भि सेवामा “ क्लियर टि.भि.वल्ड कप किक अफ”अफर प्रस्तुत गरेको छ ।
जुन १४ देखि सुरु हुनगईरहेको विश्व कपलाई धयानमा राखेर कम्पनीले ग्राहकहरु लाई मात्र रु २०१८ को प्याकेज खरिदमा एचडी सेटअप बक्स जडान सेबा तथा २ महिनाको क्लियर टिभी प्रिमियम प्याकेज निशुल्क प्रदान गर्ने छ ।
कम्पनीले, आफ्ना ग्राहकवर्गहरु ले हाई डेफिनेसन पिक्चर क्वालिटीमा विश्वकप हेरेर भरपुर मनोरञ्जन प्राप्त गरुन भन्ने उद्घेश्यका साथ यस्तो योजना प्रस्तुत गरेको हो । योजनामा सर्त तथा नियमहरु लगूहुनेछन् । ।
हाल क्लियर टि.भि सेवामा २५० भन्दा बढि डिजिटल च्यानलहरु छन् जसमा ६० भन्दा बढि एच डि च्यानलहरु रहेकाछन् ।