सेफ्टी तथा सेक्युरिटी प्रडक्टहरुमा काम काम गर्ने अन्तराष्ट्रिय सस्था आप्साको नेपालमा पहिलो अधिवेसन शनिवार सम्पन्न भएको छ । एसियन प्रोफेसनल सेक्युरिटी एसोसिएसन नेपाल च्याप्टरको दोश्रो कार्यकालको रुपमा लोकेस कुमार मानन्धरको अध्यक्षतामा १३ जनाको कार्यसमिती चयन भएको छ ।
एसियाका २२ बढि देशहरुको प्रतिनिधित्व रहेको आप्साको नेपाल च्याप्टर लगभग ४ वर्षअघि स्थापना भएको थियो । सुनिल कुमार श्रेष्ठको अध्यक्षतामा रहेको आप्सा नेपालले क्यानसँगको सहकार्यमा विभिन्न एक्स्पोहरुमा सामुहिक प्रतिनिधित्व गरेको थियो । क्यान कमटेकमा छुट्टै प्याभिलियन व्यवस्था गरेको थियो । यसैगरी सचेतनाको लागि
सेफ्टी एण्ड सेक्युरिटी
नाम राखेर वार्षिकरुपमा म्यागजिन पनि प्रकाशन गर्दै आइरहेको छ । यसैगरी केहि वर्कसप तथा सेमिनारहरु पनि आप्साले सञ्चालन गरेको छ ।
सर्वसम्मतीमा चयन भएको नयाँ कार्यसमितीमा असिम पोखरेल प्रथम उपाध्यक्ष, सन्तोष गौतम र रबिन्द« ओझा दित्तिय र तृतिय उपाध्यक्ष चयन भएका छन । यसैगरी निर्मल भटटराई महासचिव, प्रितिहरी पण्डित सचिव र महेश्वर मल्ल कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । मनिकुमार तामाङ, ज्ञानेन्द« भटट्राई, मोहन ढुंगाना, सिएम पन्त र कुलनिधि अधिकारी सदस्यमा निर्वाचित भएका छन । अतिरिक्त कोषाध्यक्षमा न्युच्छे महर्जन रहेको आप्सा नेपालले जानकारी दिएको छ ।
शनिवार डियरवाल्क कम्प्लेक्समा भएको कार्यक्रममा प्रमुख अतिथी उद्योग वाणिज्य महासंघका सदस्य तथा सूचना प्रविधिका प्रतिनिधि इ.बिनोद ढकालले अब सरकारले डिजिटल सर्भिसेस संगै सुरक्षालाइ बिसेष ध्यान दिनुपर्ने बताए ।
आप्सा नेपालले अब अझ कृयाशिल भएर काम गर्ने विश्वास लिदै नयाँ समितीलाइ शुभकामना दिएका थिए । यसैगरी कार्यक्रममा अन्य अतिथि वत्ताहरुले पनि अबको समय प्रविधिसँगै त्यसको सेक्युरिटी महत्वपुर्ण रहेको भन्दै नेपालका ठुला प्रोजेक्ट तथा होटलमा समेत विदेशी कम्पनीको प्रयोग भएको भन्दै सरकारले यसमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा साइबर सेक्युरिटीको बारेमा डा.अभिजित गुप्ता र स्मार्ट सिटीको कन्सेप्टमा हेमन्त बरालले प्रिजेन्टेशन प्रस्तुत गरेका थिए । नयाँ कार्यसमितीका अध्यक्ष मानन्धरले अब आप्सा नेपाल नयाँ जोश जागर सहित आएको र यस क्षेत्रमा आवद्ध व्यत्तिहरुको हकहितसँगै अन्य विशेष कार्यक्रमहरु ल्याउने बताए । आप्साले सेफ्टी तथा सेक्युरिटीलाई फोकस गरेर एक्स्पो आयोजना गर्ने जनाएको छ ।