कीवर्डहरू -

बिना धितो २५ लाखसम्म कर्जाका लागि ६६१ स्टार्टअप सिफारिस, को को परे ?

बिना धितो २५ लाखसम्म कर्जाका लागि  ६६१ स्टार्टअप सिफारिस, को को परे ?

स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत साढे ६ सय स्टार्टअपलाई सिफारिस गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ स्टार्टअपलाई कर्जाका लागि सिफारिस गरेको हो । 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आवेदन परेका योग्य १ हजार ३ सय १४ वटा परियोजनालाई प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर प्रस्तुतीकरणमा १ हजार ७३ वटा परियोजनाले मात्रै प्रस्तुतीकरण गरेका थिए । 

प्रस्तुतीकरण पश्चात मूल्यांकन गरेर प्रतिष्ठानले कर्जाका लागि ६६१ स्टार्टअपलाई सिफारिस गरेको हो । अब यी स्टार्टअपले विना धितो ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा पाउने छन् । चालु आर्थिक बर्षमा सरकारले स्टार्टअप उद्यम कर्जाको लागि १ अर्ब रुपैयाँ बिनियोेजन गरेको छ ।

सिफारिसमा परेका उद्यमीहरूले राष्ट्रिय वाणिज्य बैङ्कसँग सम्झौता गरी बैङ्कको नियमानुसार साँवा र ब्याज रकम तोकिएको समयमा ऋण चुक्ता गरिसक्नुपर्ने छ । 

बैंकले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्तामै कर्जा दिनुपर्ने, १५ लाखसम्मको कर्जामा दुई किस्तामा दिइसक्नुपर्ने र सोभन्दा माथिको हकमा तीन किस्तामा दिइसक्नुपर्नेछ।

कर्जा प्रवाह गर्ने बैकले कर्जा प्रवाह गर्दा प्रशासनिक वा सेवा शुल्कको नाममा उद्यमीबाट कर्जा रकमको अधिकतम ०.१ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने छन् । 

यी हुन् सिफारिसमा परेका स्टार्टअप