कीवर्डहरू -

एआई विवाद: ग्रोक सम्बन्धी जानकारी चोरीको आरोपले मस्क र ओपनएआईबीच सम्बन्ध अझ तनावपूर्ण

एआई विवाद: ग्रोक सम्बन्धी जानकारी चोरीको आरोपले मस्क र ओपनएआईबीच सम्बन्ध अझ तनावपूर्ण

कृत्रिम बौद्धिकताको विषयमा अर्को ठूलो विवाद उठेको छ। एलन मस्कको कम्पनी एक्सएआईले आफ्ना पूर्व इन्जिनियर शुएचेन ली विरुद्ध क्यालिफोर्नियाको फेडरल कोर्टमा मुद्दा दायर गरेको छ।

लीले कम्पनीको फ्ल्यागशिप च्याटबोट ग्रोक सँग सम्बन्धित गोप्य जानकारीहरू चोरी गरी ओपनएआई तर्फ पुर्‍याउन खोजेको आरोप छ । कम्पनीको दाबी अनुसार ती चोरी गरिएका डेटाहरू यति महत्वपूर्ण छन् कि ओपनएआईले तिनीहरूलाई प्रयोग गरी आफ्नो च्याटबोट च्याटजीपीटी लाई अझ शक्तिशाली बनाउन सक्छ।

शुएचेन ली सन् २०२३ मा एक्सएआईमा सामेल भएका थिए र ग्रोकको ट्रेनिङ र विकासमा काम गरिरहेका थिए। उजुरी अनुसार, यस वर्ष उनले ओपनएआईबाट जागिरको प्रस्ताव स्वीकार गरे र त्यससँगै एक्सएआईका ७ मिलियन डलर बराबरको शेयर बेचिदिएका थिए ।

लीले केही महत्वपूर्ण फाइलहरू कपी गरे र कम्पनी छोड्नु अघि आफ्ना डिजिटल निदान मेटाउने कोसिस पनि गरेको आरोपमा भनिएको छ । १४ अगस्टको एक बैठकमा लीले दस्तावेज लिएर गएको कुरा स्वीकार गरेका थिए, तर पछि उनका उपकरणहरूबाट थप सामग्री पनि बरामद भएको बताइएको छ।

लीले पहुँच हासिल गरेका जानकारीहरू “कटिंग-एज एआई टेक्नोलोजी” सँग सम्बन्धित छन्, जसमा च्याटजीपीटी भन्दा पनि राम्रो विशेषताहरू रहेको दाबी गरिएको छ। कम्पनीले कोर्टमा न केवल आर्थिक क्षतिपूर्ति मागेको छ, तर लीलाई ओपनएआईमा काम गर्नबाट रोक लगाउन पनि आदेश मागेको छ ।

यो मुद्दा मात्र एउटा इन्जिनियरको नभई एलन मस्क र ओपनएआई बीच बढ्दो टकरावको भाग पनि हो। मस्कले सन् २०१५ मा ओपनएआई को सह-स्थापना गरेका थिए तर अहिले उनी यसको कडा आलोचक बनेका छन्।

मस्कले पहिल्यै ओपनएआई र त्यसका सीईओ स्याम अल्टम्यान विरुद्ध गैरनाफामुलक छोडेर मुनाफा कमाएको आरोप लगाइसकेका छन् र सम्बन्धित कानुनी कदम पनि चालेका छन्। अर्कोतिर, यसै अप्रिल महिनामा ओपनएआई ले मस्कविरुद्ध पनि हैरासमेन्टको आक्षेपमा कानुनी कारबाही गरेको थियो।

यत्ति मात्र होइन, यसै साता एक्सएआई ले टेक्सासमा अर्को मुद्दा दायर गरेको छ जसमा ओपनएआई र एप्पल विरुद्ध आरोप छ कि तिनीहरूले आइफोन जस्ता उपकरणहरूमा एआई च्याटबोटहरूलाई लिएर एकाधिकार कायम गरिरहेको आरोप लगाइएको छ।