कीवर्डहरू -

अन्तरिक्षमै एआई डेटा सेन्टर: गूगलको ‘सनक्याचर’ प्रोजेक्टले प्रविधिमा दिएको नयाँ युगको संकेत

अन्तरिक्षमै एआई डेटा सेन्टर: गूगलको ‘सनक्याचर’ प्रोजेक्टले प्रविधिमा दिएको नयाँ युगको संकेत

टेक दिग्गज गूगल अब पृथ्बीभन्दा पर गई अन्तरिक्षमा डेटा सेन्टर बनाउन लागिरहेको छ । अन्तरिक्षमा आफ्नो पहिलो एआई डेटा सेन्टर बनाउने गूगलले घोषणा गरेको छ । यो मिसनको नाम छ ‘प्रोजेक्ट सनक्याचर’ हो, जुन स्वयं सीइओ सुन्दर पिचाईले सोसल मिडिया मार्फत शेयर गरेका छन् ।

गूगलको यस रिसर्च प्रोजेक्टअन्तर्गत धेरै साना स्याटेलाइटहरूलाई लो–अर्थ अर्बिट (एलईओ) वा सन–सिन्करोनस अर्बिट (एसएसओ) मा पठाइनेछ, जहाँ सधैं घामको प्रकाश मिल्नेछ। हरेक स्याटेलाइटमा सोलार प्यानल्स र गूगलका ट्रिलियम टीपीयूहरू राखिनेछन्, जुन विशेषगरी एआई ट्रेनिङका लागि डिजाइन गरिएका चिपहरू हुन्।

यी सबै स्याटेलाइटहरू आपसमा फ्री–स्पेस अप्टिकल लिङ्क्स नामक प्रविधिबाट जडिनेछन् मतलब लेजर लाइटमार्फत तारबिना हाई–स्पीड डाटा ट्रान्सफर हुनेछ। प्रारम्भिक परीक्षणहरूमा गूगलले १.६ टीबीपीएस बायडाइरेक्शनल स्पीड प्राप्त गरेको बताएको छ। कम्पनीको भनाइअनुसार ८१ स्याटेलाइटहरूको क्लस्टर केवल १ किलोमिटर रेडियसभित्र उड्नेछ, जसले डाटा ट्रान्सफरलाई तीव्र र स्थिर बनाउनेछ।

एआई मोडेलहरू ट्रेन गर्न ठूलो मात्रामा बिजुली र चिसोपन चाहिन्छ। धरतीमा विद्युत, पानी र जमिनका सीमाहरूले यो कामलाई कठिन बनाइरहेका छन्। गूगलका सीनियर डाइरेक्टर ट्रेभिस बील्सका अनुसार सूर्य हाम्रो सोलार सिस्टमको अल्टिमेट ऊर्जा स्रोत हो। यसले पृथ्वीको कुल ऊर्जा उत्पादनभन्दा १०० ट्रिलियन गुणाले बढी ऊर्जा दिन्छ।

स्पेसमा सोलार प्यानलहरू धरतीभन्दा ८ गुणा बढी प्रभावकारी हुने र बिना अवरोध निरन्तर ऊर्जा दिने बताइएको छ। यसले कार्बन फुटप्रिन्ट घटाउने र वातावरणमाथि दबाब कम गर्ने अपेक्षा गरिएको छ। गूगलको अनुमान अनुसार २०३० सम्म स्याटेलाइट लन्च लागत २०० डलर प्रति किलो हुनसक्छ, जसले स्पेस डेटा सेन्टर बनाउन धरती जत्तिकै सस्तो बनाउन सक्छ।

स्पेसमा सबैभन्दा ठूलो चुनौती रेडिएसन हो, जसले चिपहरूलाई क्षति पुर्‍याउनसक्छ। यसलाई ध्यानमा राख्दै गूगलले आफ्ना ट्रिलियम टीपीयूहरूलाई 67 MeV प्रोटोन बीम टेस्टमा परिक्षण गरेको छ र ती 15 krad(Si) सम्मको रेडिएसन सहन सक्षम पाइएका छन्।

यद्यपि हाई–ब्यान्डविथ मेमोरी (एचबीएम) अझै संवेदनशील छ। स्याटेलाइटहरू एकआपसमा करीब उड्नुपर्ने हुन्छ ताकि अप्टिकल लिङ्क सहीसँग काम गरोस्। यसको लागि कम्पनीले हिल–क्लोहेसी–विल्टशायर एक्वेशनहरू र JAX मोडेलहरू प्रयोग गर्ने योजना बनाएको छ।

गूगलले जनाएको छ कि २०२७ को सुरुमा उनीहरूले प्लानेट ल्याब्ससँग साझेदारीमा दुई प्रोटोटाइप स्याटेलाइट लन्च गर्नेछन्। यसबाट ट्रिलियम टीपीयू, अप्टिकल लिङ्क र मोडेलको प्रदर्शन जाँचिनेछ।

यदि परीक्षण सफल रह्यो भने भविष्यमा गिगावाट–स्केल स्याटेलाइट कन्स्टेलेसन बनाइने सम्भावना छ, जसले एआई ट्रेनिङ सिधै स्पेसबाट गर्न सकिनेछ र धरतीका स्रोतहरू बचत हुने तथा एआई प्रोसेसिङ सुपरफास्ट र सस्टेनेबल हुने अपेक्षा छ।

गूगलको ‘सनक्याचर’ प्रोजेक्टले प्रविधिको दुनियाँमा नयाँ दिशा देखाइरहेको छ। विशेषज्ञहरू भन्छन् - यदि यो सफल भयो भने २०३५ भित्र स्पेस–डेटा सेन्टरहरू वास्तविकतामा परिणत हुन सक्छन्, जसले न केवल एआईलाई अझ सक्षम बनाउनेछ तर वातावरणको संरक्षणमा पनि योगदान पुर्‍याउनेछ।