कीवर्डहरू -

एआईले लियो स्टेयरिङ: ड्राइभरबिनाको कारले पार गर्‍यो सहरको ट्राफिक

एआईले लियो स्टेयरिङ: ड्राइभरबिनाको कारले पार गर्‍यो सहरको ट्राफिक

भविष्यमा एआई हाम्रो जीवन र दैनिक कामको अभिन्न हिस्सा बन्नेछ । यसको सुरुवात भइसकेको छ । तपाईंको स्मार्टफोनले एआईलाई अँगाल्दैछ । तपाईं स्वयं पनि एआई प्रयोग गरेर आफ्ना काम गराइरहनुभएको छ — चाहे त्यो फोटोहरूलाई घिब्ली शैलीमा बदल्नु होस् वा इमेल लेखेर त्यसको भाषा सुधार गर्नु होस्, एआईले तपाईंलाई मद्दत गरिरहेको छ । भविष्यमा यसले गाडी चलाउने कार्यमा पनि भूमिका देखाउनेछ ।

अर्बपति एलन मस्कको कार कम्पनी टेस्ला लामो समयदेखि ड्राइभरलेस कार बेचिरहेको छ र त्यसलाई अझै परिष्कृत गरिरहेको छ । अहिलेको अवधारणा यस्तो छ कि ड्राइभरलेस कारमा ड्राइभर हुन्छ, जो कारलाई आदेश दिन्छ । तर भविष्यमा ड्राइभरको आवश्यकता नै सकिन सक्छ । सडकमा गुड्ने कारहरू आफैंले आफैं चल्नेछन् । त्यस्तोमा कारमा जडान भएका क्यामेरा, एआई चिपसेट र सफ्टवेयरको भूमिका अत्यन्तै महत्वपूर्ण हुनेछ ।

यसको झलक देखिन थालेको छ । अमेरिकाको सडकमा ट्राफिकबीच गुडिरहेको पूर्ण रूपमा सेल्फ–ड्राइभिङ कारको भिडियो सार्वजनिक भएको छ ।

सामाजिक सञ्जाल एक्समा म्यारियो नफाल नाम गरेका व्यक्तिले उक्त भिडियो सेयर गरेका छन् । उनी एक कम्पनीका संस्थापक हुन् । भिडियो सेयर गर्दै उनले लेखे — टेस्लाको फुल सेल्फ ड्राइभिङ कुनै फीचर होइन, यो एउटा प्रविधिको चमत्कार हो। एलन मस्कले त्यो कार्य गरेर देखाएका छन्, जुन विज्ञहरूले असम्भव मानेका थिए ।

अब यो टेक्नोलोजी ड्राइभरलाई सघाउँदैन मात्र, त्यसको ठाउँ लिन्छ । उनको अनुसार अन्य कुनै कम्पनी टेस्लाको नजिक पनि छैन् । कारको आविष्कारपछि यो यातायातको क्षेत्रमा सबैभन्दा ठूलो फड्को हो ।

२ मिनेट २९ सेकेन्ड लामो उक्त भिडियोमा टेस्ला कारलाई बिना ड्राइभर भीडभाडयुक्त सडकमा चलिरहेको देख्न सकिन्छ । कार एउटा ग्यारेजबाट निस्कन्छ, पछि अगाडि रेड लाइटमा रोकिन्छ । ट्राफिक लाइट हरियो भएपछि कार बायाँ मोडेर सडकमा अघि बढ्छ र अन्य सवारीसाधनसँगै गुड्न थाल्छ ।

यसबिचमा एउटा अर्को गाडीले टेस्लालाई ओभरटेक गर्न खोज्छ, तर टेस्ला बुद्धिमत्तापूर्वक अगाडि बढिरहन्छ। केही मोडहरू पार गरेपछि कारले ३ह स्पीडमा दौड लिन्छ र केही पर गएर अन्य गाडीहरूसँग रोकिन्छ ।
टेस्लाको सेल्फ ड्राइभिङ कारमा जडान गरिएको क्यामेरा, एआई प्रोसेसर र सफ्टवेयरकै कारण यस्तो सम्भव भएको हो । यस्तो देखिन्छ कि कम्पनीले आफ्नो ड्राइभरलेस कारलाई धेरै नै परिष्कृत बनाइसकेको छ ।

भिडियोमा देखिएको कारको मोडेल नम्बर खुलाइएको छैन् । तर अनुमान गरिन्छ कि कारमा प्रयोग गरिएको चिपसेटमा एआई राम्रोसँग इंटिग्रेट गरिएको छ, जसले गर्दा कारले विभिन्न चुनौतीहरू पार गर्दै सुरक्षित तरिकाले अगाडि बढ्न सक्छ ।

भिडियोमा देखिएको कार कहिले सार्वजनिक हुन्छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन । तर एलन मस्कले आफ्नो ट्वीटमा कार चाँडै नै लन्च हुने अपेक्षा व्यक्त गरेका छन्। यसले मानिसहरूलाई यातायातको नयाँ विकल्प दिनेछ र उनीहरूले नयाँ शैलीमा यात्रा गर्न पाउनेछन् ।

जसरी एआई अझै विकसित हुँदै जान्छ, त्यसैगरी टेस्लाजस्ता कम्पनीहरूको ड्राइभरलेस कारहरू पनि अझ उन्नत हुँदै जानेछन् ।