एक अमेरिकी कम्पनीले नेपाली आईटी कम्पनी एडेक्स इन्टरनेशनललाई २.४ मिलियन अमेरिकी डलर अर्थात ३३ करोड नेपाली रूपैयाँमा खरिद गरेको छ ।
३ वर्षअघि स्थापना भएको एडेक्स इन्टरनेशनललाई अमेरिकी प्रविधि कम्पनी टेकबे डिजिटलले २४ लाख अमेरिकी डलर (३३ करोड भन्दा बढी रुपैयाँ) मा खरिद गरेको हो ।
एडेक्स इन्टरनेशनलदुई नेपाली युवा सौरभ सुवेदी र प्रज्वल शर्माले सुरु गरेका थिए । यसले नेपाललाई प्रविधिको विश्व नक्सामा अझ सशक्त ढंगले स्थापित गर्ने विश्वास लिइएको छ ।
एडेक्स क्लाउड कन्सल्टिङ कम्पनी हो । कम्पनीमा अहिले ६० भन्दा बढीले रोजगारी पाएका छन् ।