कीवर्डहरू -

आईफोन डिजाइन गर्ने जोनी आइभ अब ओपनएआईमा डिजाइन नेतृत्व लिँदै, एआई हार्डवेयरको नयाँ सम्भावना

आईफोन डिजाइन गर्ने जोनी आइभ अब ओपनएआईमा डिजाइन नेतृत्व लिँदै, एआई हार्डवेयरको नयाँ सम्भावना

आईफोन जस्ता प्रतिष्ठित एप्पल डिभाइसहरू डिजाइन गरेका जोनी आइभ अब ओपनएआईका नयाँ डिजाइन लिड बन्न गइरहेका छन् ।

हालसम्म ओपनएआईले कुनै हार्डवेयर डिभाइस उत्पादन नगरे पनि, कम्पनीले आइभको कम्पनी लभफ्रम (आइओ) लाई ६.५ अर्ब डलरमा किन्ने सहमति गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
यो सम्झौतासँगै आइभ औपचारिक रूपमा ओपनएआईको डिजाइन नेतृत्वमा आउने छन् ।

आइभले दशकौंसम्म एप्पलको डिजाइन विभाग नेतृत्व गरे र सन् २०१९ मा कम्पनी छोडेका थिए । पछिल्ला महिनाहरूमा उनले आफ्ना अघिल्ला उत्पादनहरू—शायद आईफोन समेत—ले पारेका सम्भावित नकारात्मक असरप्रति केही चिन्ता व्यक्त गरेका छन् । यसै महिनाको सुरुमा द भर्ज सँग कुरा गर्दै उनले भनेका थिए, “जब तपाईं नवप्रवर्तन गर्नुहुन्छ, अनपेक्षित परिणामहरू निश्चित रूपमा आउँछन् । तपाईं चाहनुहुन्छ ती परिणामहरू प्रायः सकारात्मक हुन् । तर मैले संलग्न भएका केही उत्पादनहरूका केही परिणामहरू सुखद थिएनन् भन्ने लाग्छ ।”

रिपोर्टहरू अनुसार, आइभ र ओपनएआईका सीईओ स्याम अल्टम्यान एआई सम्भावित कन्ज्युमर हार्डवेयर बनाउने विषयमा विशेष चासो राख्छन्, यद्यपि स्मार्टफोन त्यो योजनाको हिस्सा नहुन सक्छ ।

यसको सट्टा, अधिकांश विश्लेषकहरू अनुमान गर्छन् कि उनीहरूको ध्यान वियरेबल्स जस्तै इयरबड्स र स्मार्टवाचहरूमा हुनेछ, जसमा क्यामरा हुनेछन् र जसले वरपरको वातावरण हेरेर एआईको सहायताले प्रतिक्रिया जनाउन सक्नेछ ।

आइभको अर्काे फोकस भने ओपनएआईको सफ्टवेयरको भिजुअल अपिल सुधार्नमा हुनेछ ।
त्यसैले च्याटजीपीटीको मोबाइल र डेस्कटप संस्करणहरू साथै सोरा र ड्यालीका इन्टरफेसहरूमा पनि आइभको डिजाइन प्रभाव देख्न पाइने अपेक्षा गरिएको छ ।

ओपनएआईको सफ्टवेयरमा यस्ता डिजाइन समस्या नदेखिए पनि केहीले यसको समग्र दृश्यात्मकता खासै आकर्षक नभएको ठान्छन् ।

यो समाचार एप्पलका लागि अलिक गम्भीर पनि हुन सक्छ । किनभने, जसले आफ्नै ‘एप्पल इन्टेलिजेन्स’ मा च्याटजीपीटी पहुँचका लागि ओपनएआईसँग सहकार्य गरे पनि, कम्पनीले न त पूर्ण रूपले जेनेरेटिभ एआई दिन सक्यो, न त हार्डवेयररसफ्टवेयरको समग्र एआई अनुभवमा प्रतिस्पर्धालाई भेट्टाउन सक्यो ।

अब हेर्न रोचक हुनेछ कि अल्टम्यान र आइभ मिलेर के बनाउनेछन् । केही संकेतहरू भने पहिले नै देखिन थालेका छन् ।
अल्टम्यानले ट्वीटमार्फत यो डिलको घोषणा गर्दै भनेका थिए, “हामी एआई प्रयुक्त कम्प्युटरहरूको नयाँ पुस्ता बनाउने प्रयासमा उत्साहित छौं ।”

शाब्दिक रूपमा हेर्दा हामीले एआई पीसीको अपेक्षा गर्न सक्छौं, तर धेरै विश्लेषकहरूका अनुसार अल्टम्यानले ‘कम्प्युटर’ भन्नाले व्यापक रूपमा बौद्धिक कन्ज्युमर इलेक्ट्रोनिक्स न्न खोजेको हुन् सक्छन्, जसलाई अब कम्प्युटिङ डिभाइसकै रूपमा हेरिन्छ ।