माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को पुनर्योगका लागि आगामी असार २३ गतेसम्म अनलाइनबाट आवेदन दिन सकिने भएको छ ।
२०८१ सालको नियमित तथा ग्रेडवृद्दि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा पुनर्योगको निवेदन दिन सक्ने छन् ।
२०८२ असार २३ गते बेलुका ५:०० बजेसम्ममा निवेदन दिन सकिने छ ।
अनलाइन फाराम भर्ने प्रक्रिया
सुरूमा exam.neb.gov.np/see मा गई स्टुडेन्ट पेमेन्टमा जानुहोस् वा see.gov.np मा गई अप्लाइ फर रिटोटल फर एसईई २०८१ मा क्लिक गर्नुहोस् ।
त्यसपछि सिम्बोल नम्बर (सिम्बोल नम्बर पछाडिको अल्फाबेट भने नराख्ने) र जन्म मिति राखेर खोज्ने र कुन विषयमा रिटोटल गर्ने हो सो विषयको अगाडि रेजा ✓ चिन्ह लगाउनु पर्नेछ ।
अनि इसेवा, खल्ती, आईएमई पे वा कनेक्ट आईपीएसबाट पैसा तिर्नुपर्नेछ । यति गरेपछि कन्फर्मेसन म्यासेज आउने छ । पुनर्योगको नतिजा वेबसाइटमै आउने छ ।