आर्कबो टेक्नोलोजीज प्रालिलाई इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२५ प्रदान गरिएको छ ।
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२५ इन एशोशिएसन विथ नेपालपे क्युआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्राण्ड फिनाले कार्यक्रममा आर्कबो टेक्नोलोजीजलाई स्टार्टअप आइसिटी अवार्ड २०२५ प्रदान गरिएको हो ।
स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ । यस विधामा विगत ५ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।
सन् २०२३ मा स्थापना भएको स्टार्टअप हो, आर्कबो टेक्नोलोजीज । लर्निङ म्यानेजमेन्ट सिस्टम, अनलाइन एक्जामिनेसन सिस्टम र ट्रेनिङ म्यानेजमेन्ट जस्ता सिस्टम विकास गरेको आर्कबोले अफिस अटोमेसन सोलुसन, डेभअप्स सर्भिसेस, भीपीएस होस्टिङ र कस्टम एप्लिकेसन डेभलपमेन्ट लगायतका सेवा पनि दिदै आएको छ । कम्पनीमा २५ जनाले रोजगारी पाएका छन् ।
आईसीटी समाचार