कीवर्डहरू -

आगामी निर्वाचनमा प्रविधिबाट विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने व्यवस्था गरिदै

आगामी निर्वाचनमा प्रविधिबाट विदेशमा रहेका नेपालीहरूले मतदान गर्न पाउने व्यवस्था गरिदै

सरकारले आगामी फागुनमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई पनि मतदान गर्न पाउने व्यवस्था गर्ने भएको छ । 

अध्यादेशबाट कानुन संशोधन गरेर विदेशमा भएका नेपालीलाई मतदानको अधिकार प्रदान गर्ने सरकारको तयारी छ । 

राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनुपर्ने गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताए ।

कम्तीमा समानुपातिकतर्फमात्रै भए पनि मतदानको अधिकार सुनिश्चित गराउने गरी काम अघि बढाको छ । 

सर्वोच्च अदालतले २०७४ साल चैत ७ गते विदेशमा रहेका नेपालीलाई समेत मतदानको अवसर दिलाउनू भनी आदेश दिएको थियो । तर हालसम्म उक्त आदेश कार्यान्वयन भएको छैन ।