गुगलले सधैं प्रयोगकर्ताहरूलाई अझ राम्रो अनुभव दिन नयाँ नयाँ फिचरहरू ल्याइरहन्छ । यस पटक, यो टेक दिग्गज कम्पनीले आफ्नो सर्च सिस्टममा एक शक्तिशाली अपडेट रोलआउट गरेको छ ।
यो नयाँ फिचरको नाम एआई मोड हो, जसले गुगल सर्चलाई अझ विस्तृत, स्मार्ट र अत्यधिक पर्सनलाइज्ड बनाउँने छ । यो फिचर गुगल सर्चमा रियल टाइम इन्फर्मेसन एक्सेस र एडभान्स्ड एआई इन्ह्यान्समेन्ट्सबाट लैस गरिएको छ ।
गुगलले आफ्नो एक ब्लग पोस्टमा लेखेको छ, “मानिसका प्रश्नहरू धेरैजसो लामो टास्क वा प्रोजेक्ट्सको हिस्सा हुन्छन्, र उनीहरू चाहन्छन् कि खोजिएको जानकारी फेरि सजिलै भेटियोस् । अब हामी यो प्रक्रिया डेस्कटपमा अझ सरल बनाउँदैछौं । हामी तपाईंको इनपुटका आधारमा एआई मोडलाई छिटो सुधार र विकास गर्दै जानेछौं ।”
हालै सुरू गरिएको एआई मोड गुगल लेंस मार्फत उपलब्ध छ र हाललाई केवल अमेरिकामा सीमित छ । यदि तपाईं अमेरिकामा हुनुहुन्छ भने, साइन अप गरेर सिधै एक्सेस गर्न सक्नुहुन्छ, कुनै वेटलिस्ट छैन् । अमेरिका भित्रका केही प्रयोगकर्ताहरूलाई गुगल सर्चमा नयाँ एआई मोड ट्याब देखिन थालिसकेको छ ।
नेपाली प्रयोगकर्ताहरूले भने यस फिचरका लागि केही महिना पर्खिनुपर्ने हुन सक्छ। तर तपाईं चाहनुहुन्छ भने गुगल एपमार्फत गगल एक्सपेरिमेन्ट ल्याब्समा ज्वाइन गरेर यो फिचर छिट्टै ट्राइ गर्न सक्नुहुन्छ ।
त्यसका साथै, गुगलले सुझाव दिएको छ कि एआई मोडलाई मोबाइल डिभाइसमा प्रयोग गर्नु राम्रो हुन्छ, किनभने यो टेक्स्ट र इमेज दुवै सर्च का लागि उत्तम काम गर्छ ।
एआई ओभरभ्यूमा आधारितः सर्च नतिजाको शीर्षमा देखिन्छ ।
उदाहरणः होलिडे प्लान खोज्दा एउटै नतिजामा फ्लाइट डिटेल्स, मौसमको पूर्वानुमान, स्थानीय आकर्षणहरू र बुकिङ अप्सनहरू देखिन्छन् ।
मल्टिमोडल सर्च :टेक्स्ट र इमेज–आधारित क्वेरीज सपोर्ट गर्छ ।
फलो–अप प्रश्नहरूः नयाँ सर्च नगरीकै फोलो–अप प्रश्नहरू सोध्न सकिन्छ ।
पर्सनलाइज्ड रिजल्ट्सः तपाईंले दिएका रिफाइण्ड क्वेरीहरूका आधारमा व्यक्तिगत उत्तर प्रदान गर्छ ।
भिजुअल काड्र्स : व्यवसायको रेटिङ, स्टोर समय, लाइभ प्राइस र उपलब्धता जस्ता रिच इन्फोमेसन देखाउँछ ।
सर्च हिस्ट्री प्यानल (डेस्कटप):लामो–समयका टास्कहरू फेरि सुरु गर्न सजिलो बनाउँछ ।
शपिंग ग्राफबाट पावर्डः ४५ अर्बभन्दा बढी प्रोडक्ट लिस्टिङ्स रियल टाइममा अपडेट हुन्छन् ।