कीवर्डहरू -

नासो कर्णालीलाई खगोलीय उपकरण हस्तान्तरण

नासो कर्णालीलाई खगोलीय उपकरण हस्तान्तरण

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा, नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) कर्णालीका संयोजक डा. पुष्पराज आचार्यलाई खगोलीय उपकरण हस्तान्तरण गरेको छ । 

यो पहलले कर्णाली प्रदेशमा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी पहुँच र गतिविधिहरू विस्तार गर्न मद्दत गर्नेछ आशा लिएको नासोका अध्यक्ष सुरेश भट्टराईले बताए । 

स्थापना कालदेखि नै नासोले नेपालमा खगोल र अन्तरिक्ष विज्ञानप्रति जिज्ञासा जगाउने, ज्ञान विस्तार गर्ने, विद्यार्थीहरूलाई प्रेरित गर्ने तथा जनस्तरमा वैज्ञानिक दृष्टिकोण फैलाउने विभिन्न गतिविधि गर्दै आएको छ ।

यस उपकरण हस्तान्तरणसँगै, नासो–कर्णालीले तारामण्डल अवलोकन कार्यक्रम, विद्यालयमा खगोल शिक्षा, शिक्षक तालिम तथा जनस्तरीय गतिविधिहरूलाई अझ प्रभावकारी बनाउन सक्नेछ ।

आगामी वर्षहरूमा नयाँ उपलब्धिहरू हासिल गर्दै नेपाललाई अन्तर्राष्ट्रिय खगोल तथा अन्तरिक्ष विज्ञान समुदायमा अझ सशक्त रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको भट्टराईको भनाइ छ ।