कीवर्डहरू -

असुसका ३ एआई ल्यापटप नेपालमा सार्वजनिक

असुसका ३ एआई ल्यापटप नेपालमा सार्वजनिक

एआई प्रविधिमा आधारित उत्पादनहरूमार्फत अन्तर्राष्ट्रिय बजारमा ख्यातिप्राप्त प्रविधि ब्राण्ड असुसले नेपालमा जनबुक एस १६ (UM5606KA) र २०२५ को भिभोबुक १४ (X1407CA) र १६ (X1607CA)  सिरिजका ल्यापटपहरू सार्वजनिक गरेको छ । 

जनबुक एस १६ मा एएमडीको राइजेन एआई ७ ३५० प्रोसेसर प्रयोग गरिएको छ । यसमा १६ इन्चको थ्रीके ओएलईडी डिस्प्ले, लामो ब्याट्री लाइफ, र शान्त कूलिङ प्रणाली जस्ता विशेषताहरू छन् । यो ल्यापटप चलायमान जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ । 

भिभोबुक १४ र १६ मा इन्टेल कोर अल्ट्रा फाईब (सिरिज २) प्रोसेसर र एआई सक्षम इन्टीग्रेटेड एनपीयूसँग सुसज्जित छन् । यी मध्ये भिभोबुक १४ मा १४ इन्च र भिभोबुक १६ मा १६ इन्चको आईपीएस एफएचडी डिस्प्ले दिइएको छ । स्टाइलिश डिजाइन, स्मार्ट जेस्चर टचप्याड, DIRAC अडियो प्रणाली, र विन्डोज हेलो समर्थन गर्ने आईआर क्यामेराले यी ल्यापटपहरूलाई अझ प्रयोगमैत्री बनाउने छ ।

असुस नेपालका मार्केटिङ म्यानेजर संजय रौनियारले नेपाली प्रयोगकर्ताहरूलाई एआई क्षमतासहितको द्रुत, सुरक्षित र किफायती कम्प्युटिङ अनुभव दिन प्रतिबद्ध रहेको बताएका छन् ।