कीवर्डहरू -

आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरुवात

आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरुवात

आईओई पश्चिमाञ्चल क्याम्पसमा ‘एडब्लुएस क्लाउड क्लब’को औपचारिक सुरूवात भएको छ । अनलाइन लञ्च कार्यक्रममा ‘Launch into the Cloud: Explore AWS Career Paths’ शीर्षकमा छलफल समेत भएको थियो । 

कार्यक्रममा क्लाउड कम्प्युटिङको आधारभूत ज्ञान, एडब्लुएस सिकाइ मार्गचित्र र विद्यार्थी समुदाय निर्माणको बारेमा जानकारी प्रदान गरिएको छ । 

कार्यक्रममा विभिन्न तह र विभागका ८० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए  । कार्यक्रमको प्रमुख वक्ताहरूमा विष्णु हरि पौडेल, योजना घिमिरे, प्रसुना शर्मा र उपेन्द्र प्रसाद न्यौपाने रहेका थिए । उनीहरूले एडब्लुएसको संरचना, सेवा, सिकाइ स्रोत र करियर अवसरहरूबारे जानकारी दिएका थिए ।

एडब्लुएस क्लाउड क्लबले अब नियमित रूपमा एडब्लुएस वर्कशप, जेनेरेटिभ एआई सत्र, करियर मार्गदर्शन र मासिक मिटअपहरू आयोजना गर्ने योजना बनाएको छ ।

विद्यार्थीहरूलाई क्लाउड प्रविधिमा सशक्त बनाउँदै लैजाने क्लबले प्रतिबद्धता जनाएको छ ।