कीवर्डहरू -

क्युआरसहितको ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने तयारीमा बागमती प्रदेश

क्युआरसहितको ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने तयारीमा बागमती प्रदेश

बागमती प्रदेशले अब ड्राइभिङ लाइन्सेन्स छपाइ गर्ने भएको छ । 
    
छिट्टै क्युआर कोडसहितको ड्राइभिङ लाइसेन्स छपाइ गर्ने गरी प्रदेश सरकारले काम अगाडि बढाएको हो । 

शुक्रबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा बोल्दै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले आफैले लाइसेन्स प्रिन्ट गर्ने गरि खरिद प्रक्रिया अगाडि बढाइ सकेको जानकारी दिएका हुन् ।

अहिले उक्त प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै प्रदेशबाट नै क्युआर कोड सहितको लाइसेन्स छपाई र वितरण हुने उनको भनाइ छ । 

स्मार्ट लाइसेन्स पाउन वर्षो लाग्ने भएपछि क्युआर कोडसहितको परिचयपत्र जारी गर्न सक्ने गरी यसअघि सवारी तथा यातायात व्यवस्था नियमावलीमा संशोधन  गरिएको थियो । 

क्यूआर कोडसहितको लाइसेन्स कार्डले समयको बचत तथा स्मार्टकार्डको छपाईमा वर्षौं कुर्नुपर्ने बाध्यता अन्त्य गर्न सक्ने विश्वास गरिएको छ ।