अनलाइन फुड डेलिभरी कम्पनी भोजमाण्डुको नाममा नक्कली वेबसाइट र टेलिग्राम च्यानल बनाएर ग्राहकहरूलाई ठगी गर्ने गरेको पाइएको छ ।
bhojmandu.food नामक नक्कली वेबसाइट र अनौपचारिक टेलिग्राम च्यानलमार्फत् भोजमाण्डुको सेवा जस्तै देखाई उपभोक्ताबाट व्यक्तिगत तथा बैंकिङ विवरण माग्ने कार्य भइरहेको भोजमाण्डु फुड प्रालिले जानकारी दिएको छ ।
कम्पनीले ठगी गर्नेलाई कारवाहीको दायरामा ल्याउन साइबर ब्यूरोमा समेत उजुरी गरिसकेको छ । नक्कली वेबसाइट र टेलिग्राम च्यानल सञ्चालन गर्दै उपभोक्तामाथि ठगी गर्ने प्रयास भइरहेको भन्दै सतर्क रहन कम्पनीले ग्राहकहरूलाई आग्रह गरेको छ।
भोजमाण्डु आधिकारिक एप र वेबसाइट (bhojmandu.com र web.bhojmandu.com) मार्फत मात्र सञ्चालन हुन्छ । त्यसबाहेक कुनै टेलिग्राम च्यानल वा अन्य माध्यममार्फत ग्राहकलाई सम्पर्क नगर्ने बताइएको छ ।
अन्य नक्कली वेबसाइटबाट आएका लिंक क्लिक नगर्न र व्यक्तिगत, बैंकिङ वा ओटीपी सम्बन्धी जानकारी नदिने कम्पनीले आग्रह गरेको छ ।
साथै यस्ता गतिविधि देखेमा तुरुन्तै [email protected] वा [email protected] इमेल गर्न वा 9813104240 मा जानकारी दिन समेत कम्पनीले अनुरोध गरेको छ । यस बाहेक प्राप्त प्रमाणलाई नेपाल साइबर ब्युरो र सम्बन्धित बैंकमा पठाउन आग्रह गरिएको छ ।