कीवर्डहरू -

नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याउने विश्वास ढकाल युएईको कम्पनी फिल्प्सको सीईओमा नियुक्त

नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याउने विश्वास ढकाल युएईको कम्पनी फिल्प्सको सीईओमा नियुक्त

नेपालको फिनटेक क्षेत्रमा क्रान्ति ल्याएका विश्वास ढकाल युएईको बहुराष्ट्रिय फिनटेक कम्पनी फिल्प्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । 

२१ वर्ष एफवान सफ्ट ग्रुपको नेतृत्व गरेपछि ढकाल अब ग्लोबल फिनटेक बजारमा फिल्प्समार्फत आफ्नो दायरा विस्तार गर्न लागेका हुन् । 

तीव्र गतिमा बढिरहेका फिनटेक बजारलाई रूपान्तरण गर्न फिल्प्सको नेतृत्व सम्हालेको विश्वास बताउँछन् । उदाउँदो र तीव्र गतिमा बढिरहेका वित्तीय बजारको डिजिटल रूपान्तरण गर्दै अर्बौं मानिसलाई सशक्त बनाउने मेरो सपना छ,’ ढकालले भनेका छन्, ‘आफ्नो दुई दशकको अनुभवलाई रूपान्तरणकारी वित्तीय समाधान निर्माण गर्न, नयाँ बजारमा च्यानलाइज गर्न र साझेदारलाई नवीन समाधान समाधान प्रदान खर्च गर्नेछु ।’

सन् २०३० सम्ममा फिल्प्सलाई विश्वका शीर्ष १० फिनटेक इनेबलर मध्ये एक बनाउने उनको ठूलो सपना छ । विश्वासको नेतृत्वमा कम्पनीले अर्बौ जनताका लागि सशक्त फिनटेक पूर्वाधार निर्माण गर्ने र साझेदारलाई अझ बढी ग्राहककेन्द्रित, चुस्त र भविष्य-उन्मुख सेवा प्रदान गर्ने फिल्प्सको विश्वास छ ।

फिल्प्स सफ्वेयर विकासकर्ता मात्र नभएर इकोसिस्टम विकास गर्नमा केन्द्रित भएको उनको भनाइ छ । फिल्प्समार्फत जुनसुकै ठाउँका लागि सस्तो, पहुँचयोग्य र एआईसहितको डिजिटल बैंकिङ प्लेटफर्म विकास गरिरहेको ढकाल बताउँछन् । 

एउटा डोमेन र वेब होस्टिङबाट सन् २००४ सुरू भएको एफवान सफ्ट आज ग्रुपमा परिणत भएको छ । जसको स्थापना विश्वास ढकालसहितको टिमले गरेको थियो । 

एफवान सफ्टमा २१ वर्ष सफलतापूर्व नेतृत्व गरेपछि केही महिना अगाडि मात्रै ढकालले नेतृत्व हस्तान्तरण गरेका थिए, जुन कर्पोरेट क्षेत्रमसा निकै दुर्लभ मानिन्छ ।

 विश्वासको टिमले तयार गरेको फोनपे र इसेवा सेवा आज सबैको दैनिकी बनेको छ । यी प्लेटफर्मबाट दैनिक अर्बमा कारोबार हुन्छ । नेपालका अधिकांश बैंकहरूले फोनपे सिस्टम प्रयोग गर्छन् भने इसेवा नेपालकै नम्बर वान डिजिटल वालेट हो । हाल एफवान सफ्ट ग्रुप अन्तर्गतका कम्पनीहरूमा १ हजार बढीले रोजगारी पाएका छन् ।