कीवर्डहरू -

सुरक्षा सँगै क्यासब्याक: कनेक्ट आईपीएसको जीवन बीमा प्रिमियम अफर

सुरक्षा सँगै क्यासब्याक: कनेक्ट आईपीएसको जीवन बीमा प्रिमियम अफर

डिजिटल पेमेन्ट सेवा प्रदायक कनेक्ट आईपीएस ले जीवन बीमा प्रिमियम भुक्तानीमा आकर्षक क्यासब्याक अफर सार्वजनिक गरेको छ। कम्पनीले “सुरक्षा सँगै क्यासब्याक, कनेक्ट आईपीएस को साथ” नामक अफर अन्तर्गत जेठ ४ गतेदेखि साउन ३१ गतेसम्म जीवन बीमा कम्पनीहरूमार्फत गरिने प्रिमियम भुक्तानीमा निम्न मूख्य सुविधा उपलब्ध गराउने घोषणा गरेको छ:

प्रत्येक साता लक्की ड्रमार्फत रोजिने १० भाग्यशाली ग्राहकले रु १,००० बराबर क्यासब्याक पाउनेछन्। प्रत्येक महिनाको अन्त्यमा एक भाग्यशाली विजेताले प्रिमियम भुक्तानीभन्दा बराबर वा अधिकतम रु २०,०००सम्म क्यासब्याक प्राप्त गर्नेछन्।

सप्ताहिक तथा मासिक विजेताहरूको नाम क्रमशः हप्तापछि र महिनापछि कनेक्ट आईपीएस को वेबसाइट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ।

अफर चालू गर्न कनेक्ट आईपीएस को वेब पोर्टल, मोबाइल एप, र बीमा कम्पनीहरूको वेबसाइटमा समावेश गरिएको कनेक्ट आईपीएस गेटवे प्रयोग गर्नुपर्नेछ। यस गेटवेमार्फत हाल १७ वटा जीवन र माइक्रो लाइफ बीमा कम्पनीका प्रिमियमभुक्तानी सम्भव छ।

यसका साथै, बैंकिङ् ग्राहकहरूका लागि कनेक्ट आईपीएस एकल प्लेटफर्ममा बहु खाता लिंक गरी फण्ड ट्रान्सफर, बिल भुक्तानी, मोबाइल रिचार्ज, सरकारी राजस्व भुक्तानी, ट्राफिक जरिवाना तिर्ने, शेयर कारोबार, स्कुल फी भुक्तानी लगायतका सेवा उपलब्ध गराउँदै आएको छ। वेबमार्फत प्रति कारोबार रु २० लाखसम्म र मोबाइल एपमार्फत रु २ लाखसम्म भुक्तानी स्वीकार गर्न सकिन्छ।